17.1 C
Kathmandu

ब्रेकिङ समाचारसानुबाबु, मदन र देबराजको “छामेला कम्पनी” बजारमा

सानुबाबु, मदन र देबराजको “छामेला कम्पनी” बजारमा

५ फागुन २०७७/कुङ्ग होईसेर तामाङ
काठमाडौं
। पछिल्लो समय तामाङ गीत संगीतमा चर्चा कमाउन सफल संगीतकार सानुबाबु घिसिङ र उत्तिकै चर्चित गायक मदन घलानको “छामेला कम्पनी” गीत बजारमा सार्बजानिक गरिएको छ।

देबराज स्याङ्तानले छोटो समयमा एक पछि अर्को शब्द लेख्ने क्रममा पछिल्लो समयमा लेखिएको र सार्बजानिक गरिएको “छामेला कम्पनी” पनि एक हो, सानु बाबु घिसिङले संङ्गीत गरेको यस गीतमा नोर्बु शेर्पाको एरेन्ज रहेको छ भने, ढिका गुरूङको मिक्सिङ र डिजिटल स्टुडियोमा रेकर्ड गरिएको छ । संगीता थिङको प्रस्तुती रहेको यस गीतमा मदन घलान र पूर्व सिलिङलिङ गीतबाट चर्चा कमाउन सफल गयिका बिनिता लोप्चनको स्वर रहेका छन। स्याङ्तानले आफ्नो बिभिन्न रचनाहरू मध्ये यो बेग्लै किसिमका शब्द रहेको छ भनेर बताउनु भएको छ भने आयास लामा यो गीतको लागी धन्यवादको पात्र हो भनि बताउनु भएको छ।

छामेला कम्पनी गीत यस्तो रहेको छ

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्