15.1 C
Kathmandu

ब्रेकिङ समाचारप्रधानमन्त्री ओलीले संसदबाट आफूमाथि कुनै चुनौती नभएको स्पष्ट पारे

प्रधानमन्त्री ओलीले संसदबाट आफूमाथि कुनै चुनौती नभएको स्पष्ट पारे

४ फागुन २०७७

काठमाडौं । संसदले सरकारलाई काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गरेको बताउँदै आएका प्रधानमन्त्री ओलीले सोमबारको सम्वोधनमा केही विरोधाभाषपूर्ण अभिव्यक्ति दिएका छन् । उनले आफूलाई संसदबाट कुनै चुनौती नभएको र तीन वर्षको अवधिमा सरकारले उल्लेख्य काम गरेको बताएका छन् ।

सरकार गठनको तीन वर्ष पूरा भएको उपलक्ष्यमा सोमबार सिंहदरबारमा आयोजित प्रेस ब्रिफिङमा प्रधानमन्त्री ओलीले संसदबाट आफूमाथि कुनै चुनौती नभएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने –

प्रतिनिधिसभा विघटन गर्नुअघि मैले धेरैपटक सोचें । विद्यमान अवस्थामा वैकल्पिक सरकारको सम्भावना छ त ? हिसाब गरें, प्रतिनिधिसभाका करिब ६४ प्रतिशत सदस्यद्वारा समर्थित म सर्वसम्मत प्रधानमन्त्री । संसदीय दलमा मेराविरुद्ध कुनै उजुरी छैन । उजुरी नभएको मात्रै होइन, संसदीय दलका सदस्यहरुबाट बैठकको समेत माग गरिएको छैन । संसदीय दलमा मात्र होइन पार्टी कमिटीमा समेत संसदीय दलको नेता बदल्ने मागसम्म उठेको छैन । संसदीय दलको नेता फेर्न सम्भव पनि थिएन । यस्तो अवस्थामा नेकपा बाहेकका अन्य दलहरुबाट वैकल्पिक सरकार बन्ने कुनै सम्भावना नै थिएन । अन्य विधिबाट कोही अगाडि बढ्न खोज्नु भनेको विग्रहको बाटो रोज्नु हो ।’

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्