23.1 C
Kathmandu

ब्रेकिङ समाचारकाँग्रेस अदालतलाई दबाब र प्रभावमा पार्न चाहँदैन : केसी

काँग्रेस अदालतलाई दबाब र प्रभावमा पार्न चाहँदैन : केसी

४ फागुन २०७७
काठमाडौ
। नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसले सम्मानीत सर्वोच्च अदालतलाई दबाब र प्रभावित पार्न नचाहेको बताएका छन् । नेपाली कान्ग्रेस जिल्ला कार्यसमिति काठमाडौँद्वारा आज बसन्तपुर डबलीमा आयोजित विरोधसभामा नेता केसीले संविधानमा जे लेखिएको छ त्यही कुराको पालना होस् भन्ने पक्षमा कांग्रेस रहेको स्पष्ट पारे ।

संविधानमा उल्लेखित धाराहरुको अनावश्यक व्याख्या गर्न हुँदैन भन्ने काँग्रेसको अडान रहेको उनले उल्लेख गरे । संविधानमा उल्लेख गरिएका धाराहरुलाई टेकेर अदालतले प्रतिनिधिसभा विघटनको मुद्दाको फैसला गर्नुपर्नेमा नेता केसीले जोड दिए । आफ्नो पार्टीले विरोधसभा र आन्दोलन गरेर अदालतलाई कुनै पनि हालतमा प्रभावित पार्न नखोजेको उनको भनाइ थियो ।

काँग्रेस विधिको शासन, संविधानको रक्षा र लोकतन्त्रको रक्षाका निम्ति सधैँ लडिरहने उनले स्पष्ट पारे । संविधानको रक्षा र आफ्नै पार्टीको विधानको रक्षा गर्नु काँग्रेसका सामु अहिलेको मुख्य चुनौती भएको नेता केसीको भनाइ थियो ।

काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँका सभापति सबुज बानियाँको सभापतित्वमा भएको विरोधसभामा काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले काँग्रेसलाई जनमत लिनका लागि जनतामाझ जान कुनै डर नभएको स्पष्ट पारे । काँग्रेस नेताहरु भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसी, दिव्यमणि राजभण्डारी तथा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीलगायतले समेत आफ्नो धारणा राखेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्