23.1 C
Kathmandu

ब्रेकिङ समाचारडिजेल चोरी गर्ने ट्याङ्करसहित तीन जना पक्राउ

डिजेल चोरी गर्ने ट्याङ्करसहित तीन जना पक्राउ

४ फागुन २०७७
काठमाडौ
। जिल्ला प्रहरी कार्यालय पर्साले डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा ट्याङ्करसहित तीन जनालाई पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ ।
ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा गए राति प्रहरीले जाँच गर्दा पक्राउ गरिएको बताइएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार उक्त ट्याङ्करसहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ का ३४ वर्षीय शम्भुप्रसाद महतो, मकवानपुर राक्सिराङ गाउँपालिका–३ का २२ वर्षीय अशोक पाख्रिन र मकवानपुरको मनहरि गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण उप्रेती छन् ।

वीरगञ्जको नेपाल–भारत सीमामा रहेको संयुक्त प्रहरी जाँच चौकी इलाकाबाट ट्याङ्करसहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारवाही प्रक्रिया शुरु भएको उनले बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्