22.1 C
Kathmandu

ब्रेकिङ समाचारनेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषदको सहकार्यमा आज साँझ ६:०० बजेबाट...

नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषदको सहकार्यमा आज साँझ ६:०० बजेबाट जुम मार्फत भर्चुअल ल्होछार साँस्कृतिक समारोह हुंदै

२९ माघ २०७७
काठमाडौं । नेपाल तामाङ घेदुङद्वारा २८५७ औं लाङ “म्हे” – गाई तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व भर्चुअल सोनाम ल्होछार मनाइने भएको छ।

नेपाल तामाङ घेदुङ चुच्चेपाटी काठमाडौं अबस्थित घेदुङका सभाहलमा विशेष पत्रकार सम्मेलन गरी
उक्त कार्यक्रमलाई घोषणा गरेको थियो ।

नेपाल तामाङ घेदुङ अन्तर्राष्ट्रिय तामाङ परिषद्संग समन्वय र सहकार्यमा जिवा/ नाम्युङ ल्हो- मुसा वर्षलाई विदाई तथा लाङ/म्हे ल्होे -गाई वर्षको स्वागत स्वरूप २०७७ माघ २९ गते (feb.1.2021)नेपाली समय अनुसार साँझ ६:०० बजेबाट गरिने कार्यक्रम जुम मार्फत भर्चुअल ल्होछार साँस्कृतिक समारोह अायोजना गरिने अन्तर्राष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष टासी लामाले बताए।

नेपाल तामाङ घेदुङले कोभिड-१९ को संक्रामक महामारीका कारण नेपाल तामाङ घेदुङको संयोजकत्वमा मुलल्होछार समारोह समितिले विगतका वर्षहरु झैं यस वर्ष काठमाडौंको टुँडिखेलमा ल्होछार महोत्सव तथा विविध साँस्कृतिक कार्यक्रमको अायोजना गर्न नसकेकोमाद नेपाल तामाङ घेदुङले अत्यन्तै दु:खी व्यक्त गरेको छन् ।

लाङ ल्हो प्रारम्भको पुर्वसन्ध्यामा आयोजित भर्चुअल कार्यक्रम तामाङ समुदायको साँस्कृतिक धरोहरको रुपमा रहेको संस्थाहरु ताम्वा, लामा र बोन्बोबाट साङ्सेरगेम , मोलम, पूजापाठ गर्नुका साथै तामाङ समुदाय राष्ट्रिय ख्यातिप्राप्त कलाकारबाट सांगीतिक कार्यक्रम तथा शुभकामना अादानप्रदान गरिने कार्यवाहक अध्यक्ष कुमार घिसिङले जानकारी दिएका छ।

उक्त कार्यक्रममा संसारभरिका शुभेच्छुक ल्होछारप्रेमी महानुभावहरुलाई उक्त भर्चुअल समारोहमा जोड्न अायोजक समितिले अनुरोध गरेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्