30.1 C
Kathmandu

ब्रेकिङ समाचारधुलिखेलको बुद्धपार्कमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम भोलि

धुलिखेलको बुद्धपार्कमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम भोलि

२९ माघ २०७७
काठमाडौ
| तामाङ समुदायको साँस्कृतिक पर्व मञ्जुश्री सम्बत २८५७ लाङ (म्हे) ल्हो सोनाम ल्होछारको अवसरमा धुलिखेल-४, बखुन्डोलमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम बखुण्डोल पार्कको आयोजनामा हुन लागेको अध्यक्ष सत्यमान लामाले जानकारी दिए ।

माघ ३० गते शुक्रबार हुने उक्त कार्यक्रम बुद्धपार्कमा हुने अध्यक्ष लामाले बताए । ‘ह्याङला ह्रीमठीम ह्याङलान ग्योई, ह्याङ्नोन डिक्सी छार्ना लाई ” भन्ने मुल नाराका साथ सम्पन्न हुन लागेको उक्त ल्होछार सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथिमा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु रहने छन् भने विशेष अतिथिमा अन्तर्राष्ट्रिय तामाङ परिषद्का बरिष्ठ उपाध्यक्ष टासी लामा रहने छन् ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने लामाले जानकारी दिए । कार्यक्रमको सह-आयोजकमा जनजाति परिषद्, धुलिखेल नगरपालिका रहेको छ ।
अध्यक्ष लामाले सम्पुर्ण ल्होछार प्रेमी महानुभावहरुलाई भोलि कार्यक्रममा उपस्थितिका लागी समेत निमन्त्रणा गरेका छ्न ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्