20.1 C
Kathmandu

ब्रेकिङ समाचारबृहत् ल्होछार सांस्कृतिक कार्यक्रमका बिच "क्राना लासि एदा" लोकार्पण

बृहत् ल्होछार सांस्कृतिक कार्यक्रमका बिच “क्राना लासि एदा” लोकार्पण

२९ माघ २०७७/छेडुप तामाङ

काठमाडौ– मञ्जुश्री संवत् २८५७ औं “लाङ” अर्थात म्हे ल्हो वृहत् सोनाम ल्होछार सांगीतिक कार्यक्रमका बिच गायक तथा संगीतकार अभिषेक तामाङको नयाँ प्रेमगीत “क्राना लासी एदा” को म्युजिक भिडियो लोकार्पण गरिएको छ।

बुधबार भक्तपुर सुर्यबिनाय स्थित शुभकामना पार्टी प्यालेसमा तामाङ्चलचित्र संघका अध्यक्ष तथा आदिवासि चलचित्र महासंघका उपाध्यक्ष एवम खलनायक बिकु थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न ल्होछार बृहत संस्कृतिक कार्यक्रम तथा “क्राना लासी एदा”को म्युजिक भिडियो सार्बजनिक कार्यक्रममा तामाङ समुदायका सामाजिक व्यक्तित्वहरुका साथै चर्चित कलाकारहरुको बाक्लो उपस्थिति रहेका थिए ।

बुधबार सार्बजनिक गरिएको तामाङ प्रेम गीत “क्राना लासी एदा” बोलको गीतमा पत्रकार हेम बोम्जनको शब्द रचना रहेको छ भने गायक अभिषेक तामाङले संगीत संयोजन गरिएको छ । यस गीतमा गायक अभिषेक तामाङ र गायिका रश्मि दोङको सुमधुर आवाज रहेको छ ।

गीतको म्युजिक भिडियोमा भने मोडल लाक्पा लामा, रियाज लामा , सुजिना गोले र एरिना मोक्तानको अभिनय रहेका छ्न । प्रतीक ङ्यसुरको निर्देशन रहेको भिडियोलाई सुर्य लामाले छायांकन गरेको हो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बिकु थोकरले हाम्रो पर्ब ल्होछार एकात्मक शासनले दमन गरेको छ । कोरोना भाईरसलाई कारण देखाएर बर्सेनि टुडिखेलमा ल्होछार कार्यक्रम गर्नको लागी नाटकिय ढङ्गले यो बर्ष बन्द गरेको छ होइन भने पार्टीको झन्डा बोकेर हजारौं लाखौं कार्यकर्ता सडकमा किन उतार्छन भन्ने प्रश्न राखेका थिए । यसै क्रममा थोकरले थपे -ल्होछार पर्बको नाममा हरेक कार्यक्रम गर्दा ल्होछार जस्तो पबित्र अनि हाम्रो पहिचान माथी राजनिती चलिआएकोमा त्यस्को अन्त्य गर्नु पर्ने कुरामा जोड दिएका छन । हाम्रो संस्कार संस्कृती माथी नै राजनिती भएको छ । त्यस्को खुलेर सबैले बिरोध जनाउदै ठिक ठाउँमा ल्याउनु पर्छ भनेका थिए । उनले पत्रकारहरुलाई समेत कुनै एउटा कथित पार्टीको पक्षमा आफ्नो कलम चलाउन नहुने कुरा राखेका थिए । एउटा बैठक बसेर बन्द कोठाबाट बिज्ञप्ति निकालेर बिदाको घोषणा नाटकिय रुपमा गरेको छ । यदि बिदा सधैंको लागि दिने हो भने संबिधानमा उल्लेखित गरेर ल्होछारको बिदा सुनिश्चित गराउनु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा गीत को म्युजिक भिडीयो बिमोचन गरीनुको साथै ल्होछारको शुभकामना आदान प्रदान र कलाकार हरु को बेजोड साङ्गितिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्