30.1 C
Kathmandu

ब्रेकिङ समाचारअश्लिल भिडियो निर्माण गरेको आरोपमा बलिउड अभिनेत्री गहना वशिष्ठ पक्राउ

अश्लिल भिडियो निर्माण गरेको आरोपमा बलिउड अभिनेत्री गहना वशिष्ठ पक्राउ

२८ माघ २०७७
काठमाडौ
– पोर्न भिडियो निर्माणको आरोपमा बलिउड अभिनेत्री तथा मोडल गहना वशिष्ठ पक्राउ परेकी छन्। पोर्न भिडियो निर्माण गरी वेभसाइटमा राखेको आरोपमा उनी पक्राउ परेकी हुन्। उनी पक्राउ परेको जानकारी मुम्बई प्रहरीले दिएको छ।

समाचारअनुसार अभिनेत्रीबोहक प्रहरीले यो मामिलामा अन्य मोडल, सहायक अभिनेत्री र केही निर्माण कम्पनीको पनि निगरानी गरिरहेको छ। उनीहरूलाई पनि एडल्ट फिल्म मोबाइल एप तथा वेभसाइटमा सम्पादन गरेर अपलोड गरेको आरोप लगाइएको छ।

एक पुलिस अधिकारीका अनुसार अभिनेत्री गहना वशिष्ठले ८७ अश्लील, पोर्न भिडियो बनाएकी छन्। यसका साथै आफ्नो वेभसाइटमा अपलोडसमेत गरेकी छन्। अपलोड गरिएका भिडियो हेर्न सदस्यता लिनुपर्छ। उनको च्यानलको सदस्यता लिनेले दुई हजार रुपैयाँ तिर्नुपर्छ। पछिल्लो समय अभिनेत्री गहना अल्ट बालजीको वेभसिरिज ‘गन्दी बात’मा समेत देखिएकी थिइन्।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्