23.1 C
Kathmandu

ब्रेकिङ समाचारनिर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीको आग्रह, निर्वाचन प्रक्रिया नरोक्नु

निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीको आग्रह, निर्वाचन प्रक्रिया नरोक्नु

२८ माघ २०७७
काठमाडौ
– संसद बिघठन संगै प्रधानमन्त्री ओलीले आगामी बैशाख १७ र २७ गरि दुई चरणमा निर्वाचन गर्ने भनी मिति समेत तोकिएको थियो । यसै क्रममा सरकारले आगामी वैशाख १७ र २७ गतेलाई तोकिएको निर्वाचन सम्पन्न गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । यसअघि नेकपा विवादपछि प्रचण्ड–माधव पक्षले निर्वाचन कुनै पनि हालतमा हुन नसक्ने भन्दै निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया अघि नबढाउन आग्रह गरेका थिए ।

मंगलबार प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालय पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएपछि निर्वाचन तयारी निरन्तर अघि बढाउन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आयोग परिसरमा जानकारी दिए ।

थापाका अनुसार प्रधानमन्त्रीलाई आयोगको तयारीबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुले जानकारी गराएका थिए । उनीहरुले आयोगको तयारी, सुरक्षा, बजेट लगायतका विषयमा जानकारी गराएका थिए । आयोगको तयारीबारे जानकारी पाएपछि प्रधानमन्त्रीले धन्यवाद दिँदै निर्वाचन प्रक्रियालाई अघि बढाउन आग्रह गरेको थापाको भनाइ छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्