29.1 C
Kathmandu

ब्रेकिङ समाचारप्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शनः ११ बजेबाट जुलुस सुरु हुने

प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शनः ११ बजेबाट जुलुस सुरु हुने

२८ माघ २०७७
काठमाडौ
– नेकपा केपी पक्षले गत हप्ता २३ गते शक्ति प्रदर्शन गरे सैगै आज प्रचण्ड–माधव पक्षले काठमाडौमा बृहत जनप्रदर्शनसहित विरोध सभा गर्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित यो कार्यक्रमलाई सो पार्टीले आफ्नो शक्ति प्रदर्शनका रुपमा लिएको छ । सभामा दुई लाख मानिस सहभागी हुने नेकपा प्रचण्ड–माधव पक्षको भनाइ छ ।

भृकुटी मण्डमा हुने विरोध सभामा सो प्रचण्ड–माधव पक्षका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् । सभाअघि ११ बजे उपत्यकाका विभिन्न ५ स्थानबाट विरोध जुलुस निकाल्ने तयारी रहेको छ । विरोधसभा अघि पुल्चोक, कुपण्डोल, माइतीघर, जमल, लैनचौरबाट छुट्टाछुट्टै निस्कने जुलुस सुनधारामा मुल जुलुसमा परिणत हुनेछ । मूल जुलुस जमल घण्टाघर, पुतलीसडक हुदै भृकुटीमण्डमा पुगेर सभामा परिणत हुनेछ ।

अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले प्रतिगमनविरुद्धको विरोधसभा सहभागी हुन सर्वसाधारणलाई भिडियोमार्फत अपिल गरेका थिए । यसैबीच ट्राफिक प्रहरीले जुलुस र विरोध प्रदर्शनलाई मध्यनजर गर्दै ती स्थानहरुमा ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्