19.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा यसै बर्ष पाँचवटा वडा कार्यालय भवन निर्माण हुंदै, वडा नं.८ र...

नमोबुद्धमा यसै बर्ष पाँचवटा वडा कार्यालय भवन निर्माण हुंदै, वडा नं.८ र ९ को वडा भवन शिलान्यास

२७ माघ २०७७/छेडुप तामाङ
काठमाडौ
– काभ्रेको नमोबुद्ध नगरपालिकाले आफ्ना सबै वडाहरुमा वडा कार्यलय भवन निर्माण कार्य तिब्र गतिमा लागको छ । यसै क्रममा थप दुईवटा वडा कार्यालय भवन निर्माण सुरु भएको छ । सोमबार शिलान्यास भएसँगै वडा नं. ८ र वडा नं.९ को कार्यालय भवन निर्माण सुरु भएको हो ।

दुबै वडा कार्यालय भवन निर्माणको शिलान्यास नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले गरेका हुन् । भवन शिलान्यास गर्दै नगर प्रमख तिमल्सिनाले तोकिएको समयमै काम सम्पन्न गरेर भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए । वडा नं. ८ को कार्यालय भवन शिलान्यास कार्यक्रममा नगर उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं. ८ का अध्यक्ष शेरवहादुर तामाङ, वडा सदस्य मनोजप्रसाद अधिकारी लगायतको सहभागिता रहेका थिए

यस्तै वडा नं. ९ को भवन शिलान्यास कार्यक्रममा नगर उपप्रमुख रामदवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं. ९ का अध्यक्ष मेलवहादुर लामा, वडा नं. १० का अध्यक्ष रामकृष्ण अधिकारी लगायतको सहभागिता रहेक थिए । वडा नं. ८ र वडा नं.९ को कार्यालय भवन निर्माणको ठेक्का जानकी निर्माण सेवा पनौती–१० ले प्राप्त गरेको छ । उसले वडा नं. ८ का लागि भ्याटबाहेक ४३ लाख ६१ हजार १ सय ४९ रुपैयाँ र वडा नं. ९ का लागि ४१ लाख ४४ हजार २ सय २३ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

नमोबुद्ध नगरपालिकाले सबै वडामा एउटै डिजाइनका सुविधासम्पन्न कार्यालय भवन निर्माणको योजनाअनुसार यो बर्ष पाँचवटा वडा कार्यालय भवन निर्माण गर्दैछ । केही दिनअघि वडा नं १० को कार्यालय भवन शिलान्यास भएसँगै निर्माण कार्य अगाडि बढिसकेको छ । अब यो बर्ष निर्माण हुने वडा नं. २ र वडा नं. ७ को भवन निर्माणको काम अघि बढ्न बाँकी रहेको छ, यी दुबै वडा कार्यालय भवन निर्माण पनि यही महिनाभित्र सुरु गर्ने तयारी भइरहेको छ भने वडा नंं.१ र वडा नंं.५ को भवन निर्माण आगामी बर्ष निर्माण हुनेछ ।

यसअघि निर्माण थालिएका वडा नं. ३, ६ र ११ का वडा कार्यालय भवनको निर्माण अन्तिम चरणमा पुगिसकेको छ भने नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणको काम लगभग सकिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्