24.1 C
Kathmandu

ब्रेकिङ समाचार'काख्रे'को आइटम गीतको बारेमा दर्शकदिर्घमा टिकाटिप्पणी र कौतुहल्ता बढ्यो, अधिकांसले गरे प्रशंसा

‘काख्रे’को आइटम गीतको बारेमा दर्शकदिर्घमा टिकाटिप्पणी र कौतुहल्ता बढ्यो, अधिकांसले गरे प्रशंसा

२७ माघ २०७७/छेडुप तामाङ
काठमाडौ–
तामाङ गीत संगीतको बजारमा आजभोली दिनानुदिन नयां नयां गीतको म्युजिक भिडियोहरु सार्वजनिक हुंदै आएको छ । यसै क्रममा आईतवार तामाङ भाषाको चलचित्र ‘काख्रे’मा समाबेश रहेको आइटम गीत ‘ङाला जोबन’ सार्वजनिक भएको छ ।

काठमाडौ बौद्ध पिपलबोट स्थित रहेको त्रिवेणी फास्ट फुड क्याफेमा एक कार्यक्रमका बीच उक्त गीत सार्वजनिक गरिएको हो । दिनानुदिन थरीथरीका म्युजिक भिडियो सार्वजनिक भए संगै म्युजिक भिडियोबाट दर्शक श्रोताले पनि फरफरक खालका मनोरञ्जन लिईरहेका छन् । आईतवार सार्वजनिक गरिएको उक्त गीत तामाङ भाषामा रहेता पनि, तामाङ समुदायको मौलिकता बेकेको नदेखेता पनि यस गीतले दर्शक श्रोतालाई भने भरपुर मनोरञ्जन दिने खालको रहेको छ ।

साङ्गे ब्लोन तामाङको शब्द रचनामा विशाल काल्तनको संगीत, गायिका शशिकला मोक्तानको स्वर रहेको छ भने चाँद सिँले संगीत संयोजन गरेको छ । उक्त म्युजिक भिडियोमा प्रभा घिसिङ, नायक ऋतुराज पाख्रिन, हास्य कलाकार कुईसाङ रुम्बाको मुख्य अभिनय रहेको छ भने अजय स्याङतान र खेम मोक्तानले कोरियोग्राफी, प्रकाश तामाङले छायांकन गरेका हुन् ।

रात्रीकालीन समयमा ठमेलका गल्लीगल्लीमा सञ्चालीत नाइट क्लव, डिस्को बारहरुमा देखीएका दृश्यलाई यस गीतले यथार्थ चित्रण गर्न खोजेको देखिन्छ । अहिलेका युवा पुस्ताका रहनसहन, लवाई खवाई, चालचलन र उनीहरुको मुख्य समस्याहरुलाई मध्यनजर गर्दै त्यसले ल्याएको बिकृतिलाई पर्दामा उतार्ने प्रयास यस गीतले गरेको निर्माण पक्षले दाबी गरेका छन् । युवा पुस्ताले रुचाउने र मनोरन्जनको दृष्टिकोणले हेर्दा निक्कै नै रोमाञ्चक रहेको यस गीतमा केही दृश्यहरु हेर्दा आङ् सिरिङ्ग गर्ने खालको रहेकोमा उपस्थित पत्रकारहरुले प्रश्न उठाएका थिए ।

जवाफमा निर्माण पक्षले गीतको मात्र भिडियो हेर्दा त्यस्तो लाग्नु स्वभाविक रहेको हुंदा हलमा गएर चलचित्र हेरी सकेपश्चात यस गीतले बिकृति निम्त्याउने होइन यस्ता खालका बिकृति हुने गरेकोमा अब यस्ता बिकृति हटाउनु पर्छ भन्ने खालको सन्देश दिने कुरामा बिश्वस्त पारेका थिए । महिलालाई मनोरञ्जनको साधनको रुपमा प्रयोग गरिएको दृश्यसंगै ‘काख्रे’ एउटा सामाजिक कथामा आधारित रहेको र यस चलचित्रले शहरबजारमा घटी आएको बास्तबिक घटनालाई उजागर गर्न खोजेको निर्देशक रोशन फ्युवा तामाङले बताएका छन् ।

यत्ति बेला सामाजिक सञ्जालमा तामाङ भाषाको चलचित्र काख्रेमा समाबेस रहेको आइटम गीतको भिडियो सार्वजनिक भए संगै दर्शकदिर्घमाझ टिकाटिप्पणी र कौतुहलता बढेको छ । उक्त आइटम गीतको बिषयमा टिकाटिप्पणी जेजस्तो आएता पनि अधिकांशले तामाङ चलचित्र अब गुन्युचोली लगाएर संधै बुहारी र सासुबिचको सम्बन्ध, घरपरिवार र तामाङ समुदायमा मात्र सिमित हुन नहुने प्रतिकृयाको साथै अब व्यवसायिक चलचित्रको रुपमा पनि अगाडि बढ्नु पर्ने हुंदा समुदायभन्दा माथि उठेर सिङ्गो मुलुकमा घटेका घटनाहरुलाई समेत बिषय बस्तुलाई उठाएर पर्दामाा उतार्न खोज्नु ‘काख्रे’को उदेश्य रहेको हंदा नकरात्मक टिकाटिप्पणी गरिरहनु पर्ने अवस्था नभएको बिचार अभिव्यक्ति समेत सामाजिक सञ्जालमा आएको देखिन्छ । यद्यपि यसको नतिजा भने चलचित्र हेरिसकेपश्चात आउने हुंदा उक्त गित कुन बिषयबस्तुसंग जोडेर राखेको छ भन्ने मुल कुरा रहन्छ तसर्थ हाल सार्वजनिक भएको आईटम गीतको भिडियोलाई मात्र आधार मानेर चलचित्रको नकरात्मक प्रतिकृया दिन नमिल्ने जस्ता आवाजहरु समेत सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

चलचित्रका कथाकार रितुराज पाख्रिनको अनुसार काख्रे कमेडि, एक्शन, बियोगान्त र माया प्रेम सबै मिसिएको मसलाको रुपमा छिट्टै दर्शकहरुमाझ प्रदर्शन गर्ने कुरा बताएको छ । नायीका सुनिता लङ्बाले भने आज सम्म र्दशक श्रोताले गाली गर्ने समुदायले पचाउन नसकिने खालका कुनै पनि चलचित्र नगरेको र काख्रेमा पनि त्यस्तो कुनै दृश्य नभएकोले निर्धक्कभएर परिवार संगै बसेर हेर्न मिल्ने चलचित्र रहेको हुंदा अब छिट्टै नै प्रदर्शनको तयारीमा रहेकोले सम्पुर्णलाई हलसम्म आएर चलचित्र हेरिदिनका लागि अनुरोध समेत गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्