17.1 C
Kathmandu

ब्रेकिङ समाचारचौंरीदेउरालीको गाउँसभामा समिक्षाः प्रत्येक टोलमा सडक, मासुमा आत्मनिर्भर

चौंरीदेउरालीको गाउँसभामा समिक्षाः प्रत्येक टोलमा सडक, मासुमा आत्मनिर्भर

२४ माघ २०७७
काठमाडौ
– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न भएको छ । गाउँसभा गाउँपालिका अध्यक्ष दिननाथ गौतमको सभाध्यक्षतामा शुक्रबार सम्पन्न भएको हो ।
गाउँसभामा आर्थिक वर्ष २०७७।०७८ को अर्धवार्षिक समिक्षा गर्नुको साथै विभिन्न ऐनहरु, कार्यविधिहरु र नियमावलीहरु पारित गरेको छ ।

सभामा अध्यक्ष गौतमले अर्धवार्षिक समिक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए । आफ्नो समिक्षात्मक मन्तव्य राख्दै अध्यक्ष गौतमले भौतिक पूर्वाधारका हिसाबले सडक सञ्जाल प्रत्येक टोल-टोलमा पुगेको बताए । उनले सकेसम्म प्रत्येक घर-घरमा समेत बाटो पुर्‍याउने आफ्नो लक्ष रहेको प्रष्ट पारे । ‘यो अवधिमा हामीले भौतिक पूर्वाधार क्षेत्रमा धेरै कामहरु गरेका छौं । मुख्यतः सडक सञ्जाललाई हामीले प्रत्येक टोल-टोलमा पुर्‍याउनेकाम गरेका छौं ।’ अध्यक्ष गौतमले भने, ‘अब हामी सम्भव भएसम्म प्रत्येक घर-घरमा सडक पुर्‍याउने कोशिसमा छौं । त्यतिमात्र होइन, स्वास्थ्य भवन, विद्यालय भवन, वडा कार्यालय भवनहरु समेत निर्माण गरेका छौं ।’
उनले गाउँपालिकामा बन्दै गरेको १५ शैयाको अस्पताल भवन निर्माण सम्पन्न भई अब हस्तान्तरणको चरणमा रहेको बताउँदै निर्वाचनको क्रममा जनता समक्ष घोषणा पत्र जारी गरेर गरेको प्रतिबद्धताहरु सबै पूरा भएको समेत बताए ।

‘१५ शैयाको अस्पताल भवन अब हस्तान्तरणको प्रक्रियामा छ । हामीले घोषणापत्रमा जे लेखेका थियौं त्यो सबै पूरा भएको छ । एउटा कुरा मात्र पूरा गराउन सकेका छैनौं । त्यो हो स्मार्ट सिटि । हामीले यो योजना कार्यन्वयन गर्न यही अवस्थामा नसकिने रहेछ ।
उनले यहीं वर्ष किसानहरुको लागि बीउ उत्पादन गर्न पनि शुरु गरेको बताए । ‘हामीले किसानको लागि बीउ उत्पादनमा जोड दिएका छौ । गहुँको बीउ उत्पादन तिर गैसकेको छ । मकै र धान अब शुरु गर्छौं । किसानको माग धेरै भएकोले बीउ अनुदानमा वितरण गर्नेछौं ।’ अध्यक्ष गौतमले भने ।

चौंरीदेउराली गाउँपालिका मासुमा आत्मनिर्भर रहेको गाउँसभामा उनले बताए । ‘हाम्रो गाउँपालिका मासुमा आत्मनिर्भर छ । हामीले पशुपालक किसानहरुलाई प्रोत्साहन गर्दै आएका छौं ।’ उनले भने, ‘४ सय भैसिलाई सुत्केरी भत्ता दिएको छ । कुखुरा, वाख्रा, भैंसी पालनमा किसानहरु आकर्षित भएको देखिन्छ ।’
गाउँसभामा विधेयक समितिका संयोजक तथा वडा नं. ५ का वडा अध्यक्ष राजकुमार गौतमले गाउँसभामा ६ वटा ऐन, १३ वटा कार्यविधि र ३ वटा नियमावली प्रस्तुत गरेका थिए । गौतमले प्रस्तुत गरेको सबै विधेयकहरु सर्वसम्मतले पारित गरेको थियो ।

कुन-कुन ऐन पारित भयो ?
गाउँसभाले चौंरीदेउराली गाउँपालिका आर्थिक ऐन-२०७५, चौंरीदेउराली गाउँपालिका कृषि व्यवसाय प्रवद्र्धन ऐन- २०७५, चौंरीदेउराली गाउँपालिकाको विनियोजन ऐन २०७५, चौंरीदेउराली गाउँपालिकाको सहकारी ऐन २०७६, चौंरीदेउराली गाउँपालिकाको लघु उद्यम सम्बन्धी ऐन २०७६, चौंरीदेउराली गाउँपालिका न्यायिक समितिले उजुरीको किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ रहेका छन् ।
कुन-कुन कार्यविधि पारित भयो त ?
गाउँसभाले चौंरीदेउराली गाउँपालिकाको गाउँसभा सञ्चालन कार्यविधि २०७४, चौंरीदेउराली गाउँपालिका भवन निर्माण सम्बन्धि कार्यविधि २०७६, चौंरीदेउराली गाउँपालिका विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७, ‘घ’ वर्गको निर्माण व्यवसायी इजजात पत्र सम्बन्धी कार्यविधि २०७५, चौंरीदेउराली गाउँपालिका स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७५, चौंरीदेउराली गाउँपालिकाको कार्यपालिका बैठक सञ्चालन सम्बन्धी कार्यविधि २०७५, चौंरीदेउराली गाउँपालिकाको एम्बुलेन्स सञ्चालन कार्यविधि २०७६, चौंरीदेउराली गाउँपालिकाको लैंगिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि २०७७, चौंरीदेउराली गाउँपालिका करार शिक्षक तथा कर्मचारी नियुक्ति र सरुवा सम्सबन्धी कार्यविधि २०७६, चौंरीदेउराली गाउँपालिकाको संक्षिप्त वातावरण अध्ययन तथा प्रारम्भिक वातावरणीय परिक्षण कार्यविधि २०७७, चौंरीदेउराली गाउँपालिकाको न्यायिक समिति गठन र न्यायिक समितिको कार्य सञ्चालन कार्यविधि २०७५, चौंरीदेउराली गाउँपालिकाको अपांगाता भएका व्यक्तिको परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७५, चौंरीदेउराली गाउँपालिकाको स्थानीय स्रोत साधन परिचालन पत्र वितरण सम्बन्धी कार्यविधि २०७५, चौंरीदेउराली गाउँपालिकाको स्थानीय स्रोत साधन परिचलान तथा व्यवस्थापन कार्यविधि २०७५ रहेका छन् ।
कुन-नियमावली पारित गरियो ?
यसैगरि गाउँसभाले चौंरीदेउराली गाउँपालिकाको कार्यविभाजन नियमावली २०७५, चौंरीदेउराली गाउँपालिकाको विपद जोखिम न्यूनिकरण तथा व्यवास्थाप गर्न बनेको नियमावली २०७७, चौंरीदेउराली गाउँपालिका गाउँ कार्यपालिका कार्य सम्पादन नियमावली २०७५ रहेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्