28.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेको नमोबुद्ध नगरपालिका अन्तर्गत सेल्फिडांडामा सुमो दर्घटना, १० जना घाईते

काभ्रेको नमोबुद्ध नगरपालिका अन्तर्गत सेल्फिडांडामा सुमो दर्घटना, १० जना घाईते

१८ माघ २०७७
काभ्रे
– काभ्रे जिल्लाको विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका वडा नं. २ सेल्फीडाँडा नजिकै आज सुमो दर्घटनामा परेको छ । काठमाडौबाट वर्दिबास तर्फ जाँदै गरेको सुमो र धरानबाट काठमाडौ जाँदै गरेको प्रदेश नं.२–००–१–प ९७४५ नं.को सुमो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

सुमो सडकबाट झन्डै पाँच सय मिटर तल खसेको छ भने दुर्घटनामा परी सुमोमा सवार रहेका आठ र मोटरसाइकलमा रहेका दुईजना गरि दस जना घाइते भएका छन् । घाइतेको सशस्त्र प्रहरी बल १५ नं. गणका इन्स्पेक्टर सुवास भट्टराईको नेतृत्वको टोलीले उद्धार गरि उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ ।

घाइतेमध्ये सुमो चालक र एक महिला यात्रुको अवस्था गम्भीर छ । दुर्घटना आज दिउँसो १ ः ३० बजेतिर भएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्