30.1 C
Kathmandu

ब्रेकिङ समाचारमाघ २३ गते काठमाडौंमा ओली समूहको बृहत जनासभाको तयारी

माघ २३ गते काठमाडौंमा ओली समूहको बृहत जनासभाको तयारी

१८ माघ २०७७
काठमाडौ
–नेपाल कम्युनिष्ट पार्टी (केपी ओली) समूह बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा माघ २३ गते काठमाडौं गर्ने जनसभाको तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना हुनेछ। उक्त जनसभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी हुनेछन्।

कमिटीका सचिव खेमप्रसाद लोहनीका अनुसार अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभाका सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गराइनेछ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्