१६ माघ २०७७/छेडुप तामाङ
काठमाडौ– दर्शक श्रोताको व्यग्र प्रतिक्षामा रहेको तामाङ भाषाको चलचित्र ‘दोर्जे डन ब्याक अगेन‘मा रहेको गितहरु मध्य आज माया पिरतिमा आधारित एला मिरि बोलको गित सार्वजनिक गरिएको छ । भगवती मोक्तानको तामाङ भाषाको उक्त चलचित्रको गित शुक्रबार काठमाडौं पेप्सिकोला स्थित मःम फ्याक्ट्रीमा एक बिशेष कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/01/144386943_270364367941701_1274288698593938630_n.jpg)
उक्त चलचित्रको निर्माता भगवती मोक्तानको सभाध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा तामाङ चलचित्रका अध्यक्ष एवम खलनायक बिकु थोकरको प्रमुख आतिथ्यताको साथमा बिशेष अतिथि नेपाल तामाङ कलाकार संघका उपाध्यक्ष सशिकला मोक्तान, ए वान विल्डर कम्पनीका अध्यक्ष भक्त लामा, तामाङ युवा घेदुङका अध्यक्ष विलम मोक्तान ,सक्सेस फिल्म प्रालिका अध्यक्ष अमर लामा, युवा व्यवसायी विष्णु लामा रहेक थिए भने अतिथिहरुमा तामाङ कलाकार संघका महासचिव तथा चर्चित गायक तथा संगीतकार विशाल काल्तान,तामाङ कलाकार संघका कोषाध्यक्ष सुवास मोक्तान,चर्चित नायक सागर घिसिङ,चर्चित कथाकार तथा नायक ऋतुराज पाख्रिन, लाप्साङ कर्पोका निर्देशक तथा तामाङ कलाकार संघका सचिव रोशन फ्युवा,गायक अभिषेक तामाङ,लगायत तामाङ समुदायका पुराना तथा नयां कलाकारहरुको बाक्लो उपस्थिति रहेका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/01/143609290_883127412453805_772317255534951670_n-1024x768.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/01/143609290_883127412453805_772317255534951670_n-1024x768.jpg)
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बिकु थोकरले चलचित्र ‘दोर्जे डन व्याक अगेन’ले तामाङ चलचित्र जगतमा नयां आयाम थपेको हुंदा चलचित्रको सिङ्गो टिमलाई सफलताको शुभकामना दिदै राज्यले तामाङ भाषाको चलचित्र जगतलाई संधै हेलाको दृश्टिले हेरेकोमा दुुख व्यक्त गरेका थिए । हाम्रो चलचित्रसम्बन्धि राज्यले दिने सेवा सुबिधा लगायतका कुरा अबका दिनमा राज्यले कानूनमै उल्लेख गरेर ल्याउनु पर्ने कुरामा जोड दिएका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/01/144320485_462615404761512_7278708206553104674_n.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/01/144320485_462615404761512_7278708206553104674_n.jpg)
नमोबुद्ध न्युज र सारा खबरले उक्त कार्यक्रमको समापन पश्चात चलचित्रको निर्माता भगवती मोक्तानसंग चलचित्र सम्बन्धि केहि जिज्ञासा राख्ने क्रममा निर्माताद्धय मोक्तानले हरेक कुराको सम्मिश्रण गरेर तयार पारिएको यो चलचित्रले अवश्य नै दर्शकको मन जित्न सफल रहने कुरामा आफु विस्वस्त रहेको कुरा प्रष्ट पारेका थिए । मोक्तानले बिगतका दिनहरुमा निर्माण गर्दै आएका अन्य चलचित्रमा झैं यस चलचित्रमा पनि महिला कलाकारलाई बिशेष प्राथमिकता दिएको सहजै अनुमान लगाउन सकिन्छ । नायिका सिता लामाको निर्देशनमा बनेको उक्त चलचित्रको कास्टिङमा नायिका सिता लामा महिला प्रहरी अफिसरको पहिरानमा मोटर साईकलमा आगमन भएको दुश्य देख्न सकिनेछ ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/01/142433301_273019550869727_3313640018090622225_n.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/01/142433301_273019550869727_3313640018090622225_n.jpg)
चलचित्रको कास्टिङ र नाम हेर्दा एक्शन प्रदान चलचित्रको रुपमा रहेको जस्तो देखिने यस चलचित्रमा मायाप्रेम संगै देशभक्ति कथाहरु समेत समावेश गरिएको चलचित्रका नायक कुमार मोक्तानले बताएको छ । यत्ति मात्र नभएर ‘दोर्जे डन ब्याक अगेन’मा सिमांकनको बिषयबस्तुलाई समेत उठान गरिएको हुंदा यो चलचित्रलाई देशभक्ति चलचित्र भन्दा पनि फरक नपर्ने बताएका थिए । विश्वका शक्ति सम्पन्न मुलुकहरुलाई समेत घुंडा टेकाएको कोरोना भाईरसका कारण प्रभावित तामाङ चलचित्र जगतलाई माथी उठाउने कुरामा अबका दिनमा कुमार मोक्तानले कुनै डर र त्रास नबोकि अगाडी बढिरहने अभिव्यक्ति दिंदै अब ‘दोर्जे डन ब्याक अगेन’ यथाशिग्र दर्शकहरुमाझ प्रदर्शन गर्ने तयारी रहेको हुंदा चलचित्र हेर्न हल सम्म आउनका निमित्त दर्शहरुलाई अग्रिम रुपमा चुले निम्तो समेत दिएका छन् ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/01/143989138_214996626944199_6266157962234430176_n-1024x768.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/01/143989138_214996626944199_6266157962234430176_n-1024x768.jpg)
चलचित्रका नायिका एवं निर्देशक सिता लामाले भने पहिलो पटक यसरि तामाङ चलचित्रको निर्देशनको भुमिका निर्वाह गर्दै तामाङ समुदायकै चर्चित नायक कुमार मोक्तान लगायत अन्य सिनियर कलाकारहरुलाई समेत क्यामेरा अगाडि प्ले गर्न पाउने सौभाग्य मिलेकोमा चलचित्रका निर्मता भगवती मोक्तानलाई धन्यवाद व्यक्त गर्दै निर्देशनको पाटो पहिलो पटक रहेकोले दर्शकहरुले माया गरेर चलचित्र हेरिसकेपश्चात उचित सल्लाहा सुझावको समेत अपेक्षा रहेको कुरा बताए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/01/142207046_782246979042834_7804539665419457270_n.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/01/142207046_782246979042834_7804539665419457270_n.jpg)
मोडलिङ क्षेत्र बाट आफ्नो करिअर माथी उठाउंदै आएका नव नायीका सुजिना गोलेले भने पहिलो पटक ठुलो पर्दामा काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै कुमार मोक्तान, सिता लामासंग चलचित्र गर्न पाएकोमा यस बाट धेरै कुराहरु सिक्न पाउने मौका पाएको बताए भने अर्का नायिका पुशन लामाले भने ´दोर्जे डन ब्याक अगेनको’ छायंकनको बखतमा आफुले महशुस गरेका घटनाक्रमलाई सारंशमा बताएका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/01/142170428_325198575499046_9049471887580174018_n-1024x683.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/01/142170428_325198575499046_9049471887580174018_n-1024x683.jpg)
प्रकाश मोक्तानको स्टोरी एवम् भगवती मोक्तानको लगानीमा बनेको उक्त चलचित्रमा तामाङ चलचित्र जगतको पहिलो ईतिहांसको रुपमा महिला निर्देशकले निर्देशन गरेका छन् । चलचित्रमा कुमार मोक्तान, सिता लामा, पुसन लामा, सुजिना गोले, बिकाश स्याङ्तान्, अर्जुन लामा, बुद्ध लामा, अमर लामा, गोकुल तामाङ, चन्द्र लामा, गोर्खा घिसिङ र अरुण लामाको अभिनय हेर्न सकिनेछ ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/01/144042914_869605800279256_5920863577080373470_n-1024x683.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/01/144042914_869605800279256_5920863577080373470_n-1024x683.jpg)
चलचित्रमा रहेको गितहरुमा कुमार स्याङ्वा, बिशाल काल्तान र भगवती मोक्तानको शब्त रचना रहेका छन् भने संगीत बशाल काल्तान र जोगलाल लामाको रहेको छ । चलचित्रमा सममाबेश गरिएका गितमा बिशाल काल्तान, जितु लोप्चान, शसिकला मोक्तान, जिग्मे छ्योईकी घिसिङ, धर्मलाल लामा, प्रकाश लामाको सुमधुर आवाज रहेको छ ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/01/144669857_243787697185744_182911984140801169_n-1024x683.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/01/144669857_243787697185744_182911984140801169_n-1024x683.jpg)
आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको ‘दोर्जे डन ब्याक अगेन’ को प्रेम गित एला मिरि बोलको गित लाप्साङ कार्पो युट्युव च्यानलमा हेर्न सकिनेछ ।