16.1 C
Kathmandu

ब्रेकिङ समाचारओलीलाई पार्टीबाट निष्कासन गर्न सम्भव छैन, नेकपा विभाजन भएको छैन :गृहमन्त्री

ओलीलाई पार्टीबाट निष्कासन गर्न सम्भव छैन, नेकपा विभाजन भएको छैन :गृहमन्त्री

१२ माघ २०७७
काठमाडौं
–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन नभएको बताएका छन् । सोमबार कालिकोट जाने क्रममा सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन नभएको बताएका हुन् ।

उनले पछिल्लो समय देशमा राजनीतिक अस्थिरता, बाहिरी हस्तक्षेपसमेत बढ्दै गएको टिप्पणी गरे । ‘नेकपाभित्रकै केही तत्वले गर्दा प्रतिनिधिसभा विघटन भयो,’ उनले भने, ‘हाम्रै केही साथीलाई पद चाहिएको थियो ।’
उनले निर्वाचन आयोगले नेकपाको वैधतासम्बन्धमा गरेको निर्णयलाई लिएर अदालत जान सकिने संकेत पनि गरे । उनले भने, ‘अदालतको विश्वास छ, हाम्रो पक्षमा फैसला आउन सक्छ ।’

उनले प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट निश्कासन गर्ने कुरा सम्भव नै नभएको बताउँदै प्रचण्ड–माधव पक्षले गरेको निर्णयको कुनै अर्थ नरहने जिकिर गरे ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्