17.1 C
Kathmandu

ब्रेकिङ समाचारआफ्नै छात्रालाई यौन दुर्व्यवहारको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

आफ्नै छात्रालाई यौन दुर्व्यवहारको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

२८ पौष २०७७
काठमाडौ
– आफैले पढाउने छात्रालाई सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहार गरेको आरोपमा रत्न राज्य ९आरआर० क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन् । आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ परेका हुन् ।

सो क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिंसा गरेको आरोपमा प्रहरीले उनलाई क्याम्पसबाटै सोमबार पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई यौन हिंसा गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्