15.1 C
Kathmandu

ब्रेकिङ समाचारबुहारी बलात्कार आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

बुहारी बलात्कार आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

२४ पौष २०७७
काठमाडौ
– स्याङ्जामा आफ्नै बुहारीलाई बलात्कार गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ परेकोछ । चार वर्षदेखि बुहारीलाई बलात्कार गरेको अभियोगमा बृद्ध पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा परेको किटानी जाहेरीका आधारमा आँधिखोलाका ६० वर्षीय व्यक्ति पक्राउ परेका हुन् ।

नातामा पीडक र पीडित ससुरा बुहारी पर्ने भएकाले पक्राउ पर्नेको नाम नखुलाइएको स्याङ्जाका एसपी होविन्द्र बोगटीले बताए । बोगटीका अनुसार जिल्ला अदालत, स्याङ्जाबाट पक्राउ परेका व्यक्तिविरुद्ध ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्