17.1 C
Kathmandu

अन्तर्राष्ट्रियगुरुङ समाज कुर्दिस्तान सुलेमानीद्धारा पहिलो पटक तमु ल्होसार कार्यक्रम भब्यताको साथ सम्पन्न

गुरुङ समाज कुर्दिस्तान सुलेमानीद्धारा पहिलो पटक तमु ल्होसार कार्यक्रम भब्यताको साथ सम्पन्न

१८ पौष २०७७/छेडुप तामाङ
काठमाडौ
– गुरुङ समाज कुर्दिस्तान सुलेमानीद्धारा पहिलो पटक तमु ल्होसार कार्यक्रम भब्यताको साथ सम्पन्न पारेको छ । जनवरी १–२०२१ अर्थात पौष १७ गते शनिवारका दिन गुरुङ समाज कुर्दिस्तान सुलेमानी ले पहिलो पटक गरिएको तमु ल्होसार सानो भए पनि भब्य तथा सब्य रूपमा मनाउन सफल भएको कुर्दिस्तान स्थित रहेका नेपालीले जानकारी दिएका छन ।

बिविध संस्कृतिक कार्यक्रमका बिच शुभकामना आदनप्रदान गर्दै ल्होसार कार्यक्रम सम्पन्न भएको नमोबुद्ध न्युजलाई जानकारी दिएका छन । ल्होछार कार्यक्रमका बिच गुरुङ समाज कुर्दिस्तान सुलेमानीले लालकाजी गुरुङको अध्यक्षतामा ३ जना सल्लाहकार र ११ सदस्यीय समिति समेत गठन गरिएको सुलेमानी स्थित रहेका सुनिता दोङले नमोबुद्ध न्युजलाई बताएकी हुन ।

समितिको अध्यक्षमा–लालकाजी गुरुङ, उपाध्यक्षमा–कल्पना गुरुङ, सचिब–भेष बहादुर गुरुङ, सहसचिब–बिध्या गुरुङ, कोषाध्यक्ष–सुरेस गुरुङ र शर्मिला गुरुङ रहेका छन् भने सल्लाहकारमा यलेक्स गुरुङ, राजन गुरुङ र खिमु गुरुङ रहेका छन् भने सदस्यहरुमा निर्मला गुरुङ, बिना गुरुङ, बिनेद गुरुङ, अमन गुरुङ, सन्जु गुरुङ, अनुस्का गुरुङ, मिना तमु, डम्बर गुरुङ, सिसम क्रोमजे गुरुङ, जुना गुरुङ, पासाङ गुरुङ, सगुन गुरुङ, सोम गुरुङ रहेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्