23.1 C
Kathmandu

ब्रेकिङ समाचारसलमान खानको ५५ औं जन्मोत्सव नेपालमा मनायो

सलमान खानको ५५ औं जन्मोत्सव नेपालमा मनायो

१३ पौष २०७७
काठमाडौं
–बलियुड अभिनेता सलमान खानको ५५ औं जन्मज्यन्तीको अवसरमा सलमान खानले संचालन गरेको व्यवसाय विइङ ह्युमन क्लोथिङ नेपालले नेपालकै बहुचर्चित दरवार मार्गमा रहेको किङ्स् लाउन्जमा विशेष कार्यक्रमको आयोजना गरेर सलमान खानको जन्मोत्सव मनाएको छ।

आयोजित कार्यक्रममा विइङ ह्युमन क्लोथिङ नेपालका अध्यक्ष राजु थापा,नेपालका वरिष्ठ नायक भुवन केसि, शिव श्रेष्ठ,खलपात्र प्रसान्त ताम्राकार,नायक शिव श्रेष्ठ,वरिष्ठ ऋषि धमला,चलचित्र बितरक गोविन्द शाही,नायिका सुस्मा कार्कि, नेपाल फुटबल टिमका पुर्व क्याप्टेन हरि खडका ,कोरियोग्राफर राजकुमार दर्जी लागएत व्यापारी फ्यानहरुको सयौं संख्यामा उपस्थित रहेको विइङ ह्युमन क्लोथिङ नेपालका संचालन सुरज केसीले जानकारी दिएका छन्।

कार्यक्रमको प्रमुख अतिथी वरिष्ठ पत्रकार ऋषि धमाला थिए। धमलाले सलमानको नाम र फोटो अंकित केक काटेर जन्मोत्सव मनाएका थिए।

पत्रकार धमलाले नेपालमा बलियुड अभिनेताको जन्मदिन मनाउन पाउदा निकै खुसी लागेको छ हामीले आफ्नो देश संगै हाम्रा छिमेकी देशका एक स्टारको वर्थे मनाएका छौ। नायक सलमान बलियुडको मात्र नभई नेपाल र नेपालीको लागि पनि एउटा स्टार हुन्। नेपालमा पनि उनको त्यतिकै फ्यान र दर्शक छन्।

विइङ ह्युमन क्लोथिङ नेपालका संचालक सुरज केसीले संचारमाध्यम सङ्ग कुरा गर्दै नेपालमा विइङ ह्युमन क्लोथिङको स्थापनाकाल देखि नै नेपालमा व्यापार मात्र नभई सामाजिक कार्यमा त्यतिकै सक्रिय रहेको यहाँहरु लाई सर्वबिधितै छ।
आज नायक खानको जन्मदिन मनाउन पाउदा निकै खुशी छु हाम्रो आतिथ्यता लाई मानेर नेपालका चर्चित कलाकार,पत्रकार र शुभेच्छुक ज्युहरु सम्पूर्णमा आभार व्यक्त गर्द्छु ।।निर्देशक केसीले भने आजको कार्यक्रम च्यारिटीको रुपमा गरेका छौं र यसबाट संकलित हुने रकम असहाय तथा अनाथ बालबालिकाको स्वास्थ्य र शिक्षामा सहयोग गरिने समेत जानकारी दिएका छन्।

किङ्स् लाउन्जका संचालक कुमार गुरुङले हामीले नेपालको लाउन्जमा नयाँ ट्रेन स्थापना गरेका छौ। हामी कहाँ आउने पाहुनाको संतुष्टी नै हाम्रो लागि सबै भन्दा ठुलो कुरा हो। हामी कहाँ नेपालका भिभिआइपी पुर्व राजा देखि मन्त्री सम्म हाम्रा पाहुना हुनुहुन्छ हामी आज जहाँ छौ हाम्रो सेवा र कर्मले छौ। अभिनेता सलमान खानको विइङ ह्युमन क्लोथिङ नेपालको यो जन्मोत्सव कार्यक्रम गर्न पाउदा एकदम हर्सित छु र आगामी दिनमा यस्ता यस्ता कार्यक्रमलाई निरंतरता दिने धारणा व्यक्त गरेका थिए।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्