23.1 C
Kathmandu

ब्रेकिङ समाचारसेलो सम्राट चन्द्र कुमार दोङले किन रुदै खोले झ्यालको पर्दा ??

सेलो सम्राट चन्द्र कुमार दोङले किन रुदै खोले झ्यालको पर्दा ??

९ पौष २०७७/छेडुप तामाङ
काठमाडौ
–निमा दोङको तामाङ प्रेम गित ‘झ्याल्ला पर्दा’ युट्युव मार्फत सार्वजनिक गरिएको छ । भक्तपुरको सुर्यविनायक स्थित रहेको सेकुवा एक्स्प्रेसमा बिहिवार एक कार्र्यक्रमका बिच उक्त गित सार्वजनिक गरिएको हो ।

सेलो सम्राट चन्द्र कुमार दोङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त गित सार्वजनिक कार्यक्रममा नेपाल तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाईबा, दिपेन्द्र दोङ तामाङ, टिका बोम्जन, अमिर दोङ, वाई.एस.के.ग्रुप, सागर मोक्तान लगायत तामाङ समुदायका अन्य कलाकारहरुको बाक्लो उपस्थिति रहेका थिए ।

पछिल्ला समयमा तामाङ गित संगितको बजार प्रेममय भईरहेको यो अवस्थामा निमा दोङले फेरी अर्को प्रेम गित सार्वजनिक गरेका छन् । तामाङ प्रेम गित ‘झ्याल्ला पर्दा‘को शब्द/संगित निमा दोङको रहेको छ भने स्वर संगितकारद्धय निमा दोङ र पुजा लामाको रहेको छ । यस गितको म्युजिक भिडियोमा भने तामाङ चलचित्रका नायक सागर घिसिङ र स्मारिका थिङको साथमा प्रयास वाईबाको अभिनय रहेको छ । चर्चित निर्देशक अजय स्याङतानको निर्देशनमा बनेको उक्त गितको भिडियोको छायांकन भने बिक्रम लामाले गरेका हुन ।

गित सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि चन्द्र कुमार दोङले गायक तथा संगितकार निमा दोङलाई मेलोडी किङको रुपमा सम्मान गर्दै अङ्कमाल गरेका थिए । कार्यक्रममा दोङले भने गित संगितमा एक्लै यात्रा गर्दाको त्यो समयमा स्टुडियो सम्म जानको लागि समेत आफु संग गाडी भाडा समेत नहंदा धेरै समस्याहरु खेप्दै तामाङ गितसंगितको बजार आज यो अवस्थामा ल्याई पुर्‍याएको कुरा व्यक्त गरे । आफ्नो गुरु गोपाल योन्जनले त्यो बेला नै तिमिले तामाङ गित÷तामाङ सेलो बाहेक अन्य गित गाउन पाउंदैन, जसरी हुन्छ गित संगितलाई निरन्तरता दिंदै तामाङ गित संगितलाई माथी उठाउन भनि दिएको अर्ति उपदेश स्मरण गर्दै आंशु नै झारे पश्चात कार्यक्रममा उपस्थित सबैलाई केही बेर भावुक बनाएका थिए ।

यसै क्रममा गायक तथा संगितकार सञ्जिव वाईबाले तामाङ गित संगितले पछिल्ला समयमा संख्यात्मक र गुणात्मक रुपमा मूलधारका गितसंगितसंग प्रतिस्पर्धा गर्न सक्नु नै हाम्रो सफलता हो भन्दै अबका दिनहरुमा पनि यसलाई निरन्तरता दिनका निमित्त सम्पूर्ण कलाकारहरुलाई अनुरोध समेत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दिपेन्द्र दोङ तामाङले भने २०४६ सालको जनआन्दोलन पश्चात आएको परिवर्तन पछिको तामाङ गितसंगितको अवस्था र देशमा सशस्त्र द्धन्दमा समेत तामाङ गित संगितमा लाग्ने कलाकारहरुले दिएको निरन्तरता संगै आज यो अवस्था सम्म आएको कुरा व्यक्त गर्दै अझै पनि तामाङ गितसंगित अभियानमै रहेको हुंदा जो जत्ति यस क्षेत्रमा लागेका छन् निरन्तरता दिनको लागि अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै गायक तथा संगितकार टिका बोम्जनले भने त्यो बेलामा हार्मोनियम किन्न नसकिदा घरको श्रीमतिको मंगलसुत्र बेचेर हार्मोनियम किनेर बजाउंदा हार्मोनियमको किबोर्ड रगतले भिझेको कुरा व्यक्त गर्दै बिगतमा आफुले गरेको संघर्षको बारेमा बताएका थिए । त्यो बेलाको एनालग जमाना र आजको आधुनिक प्रबिधि सहितको जमानाका कलाकारहरु बिचको फरक छुट्याउंदै हाम्रा कलाकारहरुले दुई दिनको भाईरल होईन कलाकारिता क्षेत्रमा निरन्तरता दिनु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा सामाजिक अभियान्त सुदिन दोङले गरेका थिए भने अध्यक्षता गायक तथा संगितकार निमा दोङले गरेका थिए ।

गित HighlightsNepal Youtube Channel मा हेर्न सकिनेछ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्