24.1 C
Kathmandu

ब्रेकिङ समाचारकांग्रेस र जसपाबीच दुई बुँदे समझदारी

कांग्रेस र जसपाबीच दुई बुँदे समझदारी

५ पौष २०७७
काठमाडौ
–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच दुई बुँदे समझदारी भएको छ। शनिबार अपरान्ह देउवा निवास बुढानिलकण्ठमा दुई पार्टीका शीर्ष नेताबीच भएको भेटमा दुई बुँदे समझदारी भएको बाबुराम भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए।

दुई पार्टीबीच संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने र लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड(१९ को विविध पक्ष, आर्थिक संकट लगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको हो।

शनिबार दिउँसो जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र राजेन्द्र महतो देउवालाई भेट्न उनको निवास बूढानिलकण्ठ पुगेका हुन्। त्यहाँ कांग्रेसका शीर्ष नेता पनि सहभागी भएका थिए।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्