24.1 C
Kathmandu

ब्रेकिङ समाचारप्रधानमन्त्रीको दौडधुपः खुमलटार – शीतलनिवास

प्रधानमन्त्रीको दौडधुपः खुमलटार – शीतलनिवास

५ पौष २०७७
काठमाडौ
–पार्टी स्थायी कमिटी बैठकको अघिल्लो दिन प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक भेटवार्तामा निकै व्यस्त रहे । तर सहमतिको कुनै संकेत देखिएको छैन ।

सत्तारुढ नेकपाको जारी स्थायी कमिटीको पूर्व निर्धारित बैठक भोलि आइतबार बस्नेछ । बुधबार बसेको बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता दिने र संसदको विषेश अधिवेशनका आह्वानका लागि समावेदन दिन शीतल निवास पु¥याइएको ८३ सांसदको हस्ताक्षर पनि फिर्ता ल्याउने निर्णय गरेको थियो ।
पार्टीको निर्णयअनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समावेदन दिएनन् । तर नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अझैसम्म अध्यादेश फिर्ता लिएका छैनन् । बरु यो बीचमा प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक बोलाउने प्रयास गरे, जुन नेकपा अध्यक्ष प्रचण्डको आपत्तिपछि अन्तिम समयमा आएर रोकिएको छ । यसले ओलीमाथि प्रचण्ड–माधव नेपाल समूहको आशंका कम भएको छैन, बरु बढ्दो छ ।

त्यसैले भोलि आइतबार बस्ने स्थायी कमिटी बैठकमा यो समूहले स्थायी कमिटीको निर्णयलाई लिएर कडा रुपमा प्रस्तुत हुने सम्भावना छ ।

त्यसको पूर्वमान पाएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्ड शनिबार विहान अर्का अध्यक्ष प्रचण्ड कहाँ पुगेका थिए । यसअघि ओली र प्रचण्डको अधिकांश भेट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै हुने गरेको थियो । तर आइतबार प्रधानमन्त्री आफैं प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

भेटमा उनले पार्टीमा प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिनुपर्ने पूर्ववत अडान राखेका छन् । दुई अध्यक्षबीच छलफल चलिरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए र तीन नेताबीच कुराकानी भएको थियो ।

स्रोतका अनुसार नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल पनि खुमलटार पुगेका थिए । तर दुई अध्यक्षबीच भइरहेको सम्वादमा भने उनी सहभागी भएनन् ।

खुमलटारमा भएको भेटमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले वामदेव कार्ड समेत खेलेका छन् । उनले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका थिए । जवाफमा प्रचण्डले त्यसमा समस्या नहुने तर तपाईले पहिला राजीनामा दिनुस् भनेपछि ओली तयार नभएको नेकपा स्रोतले बताएको छ ।

खुमलटारको भेटपछि बालुवाटार फर्किने क्रममा प्रधानमन्त्री ओली पुल्चोकस्थित मन्त्री क्वार्टरमा प्रवेश गरे । उनले सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलसँग पनि पार्टीको आन्तरिक विवादबारे कुराकानी गरेका थिए ।

दुई नेता कुराकानी चलिरहँदा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्बाङ , कानूनमन्त्री डा। शिवमाया तुम्बाहाम्फे र भूमि व्यवस्थामन्त्री पद्मा अर्याल पनि पुगेका थिए ।

पार्टी नेताहरुसँग भेटवार्ता गरेका प्रधानमन्त्री ओली साँझ राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । पछिल्लो राजनीतिक घटनाक्रम, अध्यादेश विवाद लगायतका विषयमा जानकारी गराउन प्रधानमन्त्रीले भेटेको बताइएको छ ।

स्रोतका अनुसार शुक्रबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओलीको दिनभरको दौडधुपपछि पनि नेकपाको विवादमा समाधान उन्मुख देखिन्न । एक नेता भन्छन्, मैले सहमतिका लागि प्रयास गरेकै थिएँ नि भन्ने सन्देश दिन उहाँले यो भेटवार्ता गर्नु भएको बुझिन्छ । तर अहिलेसम्म सहमतिको कुनै संकेत देखिन्न ।’

नेताहरुका अनुसार भोलि आइतबारको पार्टी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली आउने सम्भावना भने कमै छ । तर बैठक नरोकिने एक नेताले बताए ।

त्यसो भए नेकपा फेरि दुर्घटना उन्मुख हो भन्ने प्रश्नमा नाम उल्लेख गर्न नचाहने ती नेताले भने, यो सबै प्रधानमन्त्री एवं अध्यक्ष ओली कसरी प्रस्तुत हुनुहुन्छ भन्नेमा भर पर्छ ।’

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्