16.1 C
Kathmandu

ब्रेकिङ समाचारकलम र आवाजको मध्यमबाट सचेतनाको लागि राज्य सत्तालाई दबाव दिन सक्छौंः मिलन...

कलम र आवाजको मध्यमबाट सचेतनाको लागि राज्य सत्तालाई दबाव दिन सक्छौंः मिलन लामा दोङ

०३ पौष २०७७
काठमाडौँ
–मिसन समृद्ध नेपालको महासचिव तथा सारा मल्टिमिडिया प्रा.लि.को अध्यक्ष मिलन लामा दोङको प्रमुख आतित्थ्यतामा कालीदेवी मिडिया हाउसबाट संचालित साथीभाई टि.भी.को उद्घाटन भएको छ ।

कालीदेवि मिडिया हाउसले हालसम्म तामाङ चलचित्र, नेपाली चलचित्र र टेलिशृङखलाहरु निर्माण गर्दै आइरहेका छन् । अहिलेको इन्टरनेटको माध्यमबाट बजारमा देखिएको प्रतिशपर्दालाई स्वीकार गर्दै नयाँ साथीभाई टि.भि. संचालनमा ल्याएको हो ।
कार्यक्रममा जनता समाजवादी नेपालको संघीय सदस्य बिकास ब्लोन, नेपाल तामाङ चलचत्रिसंघको उपाध्यक्ष दिपक लामा, यसैगरी नेपाल तामाङ चलचित्र संघकै उपाध्यक्ष भुईषाल तामाङ, तामाङ चलचत्रि क्षेत्रका नायक तथा निर्देशक विनायक लोप्चन विशेष अतिथिको रुपमा रहेका थिए भने गायिका प्रमिला राई, खलनायक ध्रुवसिं तामङ, जन आकाश मिडियाका संचालक तथा पत्रकार मोहन कार्की, न्युज अभियानका पत्रकार समिर नेपाल लगाएतका विशेष व्यक्तिहरु अतिथिको रुपमा रहेका थिए ।

साथीभाई टभी. का संचालक सन्चकुमारी तामाङले एक तिरमा दुई सिकार गरेको देखिन्छन् किन भने टि.भी. उद्घाटन, कालीदेवी मिडिया हाउसको स्थापना दिवस र उहाँको छोराको जन्मदिनको अवसरलाई एकै साथ मनाएको हुनाले पनि एक तिर दुई सिकारको रुपमा लिएको हो ।
नेपाल तामाङ चलचित्र संघको अध्यक्ष भुईसाल तामाङ र अर्का उपाध्यक्ष दिपक तामाङले सफलताको शुभकामना दिनुभएको थियो ।


जनता समाजवादी नेपालको संघीय सदस्य विकास ब्लोनले राज्यले अहिले जनताको अधिकार माथि दमन गरिरहेको जिकिर गरेका छन् । भ्रष्ट्राचार, बलत्कार जस्ता जगन्य अपराधहरुलाई नेकपा सरकारले बचाउन खोजेको उहाँको आरोप छ । उहाँले नेकपा सरकारले गरेको नराम्रा कार्यहरुको विरुद्धमा पत्रकारको कलम चल्न अति आवश्यकता रहेको बताउनु भयो ।

मिसन समृ«द्ध नेपालको महासचिव, सारा खबरको पत्रकार तथा कार्यक्रमको प्रमुख अतिथि मिलन लामा दोङले हजारौ अनलाइनको बीचमा नयाँ साथीभाई टि.भी.को पनि सुरुवात भएकोमा थप बजारका विकास भएको र सफलताको शुभकामना दिनु भएको छ ।
“हो, बजारमा हजारौं युटुव च्यानलहरु छन् । त्यस मध्येको राम्रा च्यानलको रुपमा साथी भाई टि.भी.ले पहिचान कमाउनु पर्छ अनि मात्र टि.भी. खुल्ने अर्थ रहने छन् । हामी पत्रकारहरुले राष्ट्रलाई समृद्घ बनाउनका लागि सहयोग पु¥याउनु पर्छ । विसङ्गती बिकृती र भ्रष्ट्राचारको विरुद्घमा कलम चलाउँदै आइरहेको छ र चलाई रहने छन् । तर आजको युगमा बैज्ञानीक प्रविधिको विकासको बढ्दो प्रयोगलाई सकरात्मक रुपमा प्रयोग गर्नेमा साथीभाई टि.भी. सफल हुने छन् भन्नेमा मैले विश्वास लिएको छु ।”सम्बोधनको क्रममा प्रमुख अतिथि लामाले बाताउनु भयो ।

नेकपा सरकारले समृद्धको सपना लिएता पनि अहमताको कारणले बाटो भुल्दै गएको हुनाले सचेत युवाहरुले खबरदारी गर्नु पर्ने संबोधनको क्रममा प्रमुख अतिथि लामाले सबैमा आग्रह गरेका छन् ।
“विरोध मात्र पनि सफलताको सुत्र होइन । हामी सबैले कलम र आवाजको मध्यमबाट खरदारी अनि सचेतनाको लागि राज्य सत्तालाई दबाब दिन सक्छौं । सामाजिक र आम नागरिकको तर्फबाट राज्य सत्तालाई गलत ठाउँमा प्रयोग गर्न नदिनका लागि मिसन समृद्घ नेपालको स्थापना भएको हो । हामीले अहिले मिडियाको माध्यमबाट समाज परिवर्तनका लागि योगदान दिईरहेको छ । यो हाम्रो मिसन समृद्घ नेपालको उदेश्यलाई पुरा गर्नका लागि साथीभाई टि. भी. पनि एक हुनेमा मैले आशा लिएको छु भने सम्पुर्ण कलाकारहरुको साथी बन्न सफलता मिलोस् । हाम्रो शुभकामना छ ।”प्रमुख अतिथि लामाले मन्तव्यको क्रममा सबैले मिलेर समस्याको समाधान गर्नु पर्ने धाराणा राखेका थिए ।

अन्तमा कार्यक्रमको सभापति तथा साथीभाई टि.भी. का संचालक संचमाया तामाङले विगत लामो समय देखि कालीदेवी मिडिया हाउसलाई सहयोग गर्दै आउनु भएका पत्रकार मिलन लामा दोङलाई प्रमुख अतिथिको रुपमा निम्तो दिएर साथीभाई टि. भि. को उद्घाटन गर्न पाएकोमा अत्यन्त खुशी लागेको बताए ।
उहाँले विगतलाई सम्झेर बर्तमान के हो र सफलताको लागि कसरी संघर्ष गर्नु पर्छ भन्ने अनुभव पनि सुनाउनु भएको थियो । इन्टरनेटको जमानामा सबैले सूचना पाउनु नैसर्गिक अधिकार हो । यो सूचना दिन साथीभाई टि.भि. सफलता मिलोस् हाम्रो पनि शुभकामना ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्