25.1 C
Kathmandu

ब्रेकिङ समाचारयौन धन्दाः किशोरीलाई जबरजस्ती थुनिन्छ ग्राहकसँगै कोठामा

यौन धन्दाः किशोरीलाई जबरजस्ती थुनिन्छ ग्राहकसँगै कोठामा

०२ पौष २०७७
काठमाडौ
–कामको खोजीमा रहेकी किशोरीलाई काम दिएर जवरजस्ती यौन धन्दा गर्न बाध्य बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले एक १७ वर्षकी किशोरीलाई कोठाभित्र ग्राहकसँग पठाएर ढोका लगाउने होटल वेटरसहित संग्लन अन्यलाई पक्राउ गरेको हो ।

प्रहरीको अनुसन्धान अनुसार चाँगुनारायण नगरपालिका वडा नं ७ हेल्मेट डाँडास्थित बाटोमाथीको रिसोर्टमा किशोरीहरुलाई सुरुमा ललाई फकाई रेष्टुरेन्टमा जागिर दिने प्रलोभन देखाइन्छ । ती किशोरीहरु काममा आएपछि रिसोर्टमा आएका ग्राहकहरुसँग यौनजन्य कार्यका लागि कोठाभित्र पठाएर ढोका बन्द गरिदिने गरिकएको पाइएको परिसरका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिए ।

बिशेष सुचनाका आधारमा प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरिक्षक शशीधर शर्माको नेतृत्वमा खटिएको टोलीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ थलारा गाँउपालिका वडा नं। २ स्थायी घर भई हाल काठमाडौ जिल्ला का।म।न।पा। शान्तिनगर बस्ने २६ बर्षको निश्चल उपाध्याय छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्