25.1 C
Kathmandu

ब्रेकिङ समाचारअध्यादेशविरुद्ध सर्वोच्चमा दर्ता भयो रिट

अध्यादेशविरुद्ध सर्वोच्चमा दर्ता भयो रिट

०१ पौष २०७७
काठमाडौ
–प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् ।

सर्वोच्च प्रशासनले अध्ययन पश्चात रिट दर्ता गरेको अर्यालले बताए । अध्यादेशको विषयलाई लिएर कानुनविद्हरुले प्रश्न उठाउँदै आएका छन् भने राजनीतिक रुपमा पनि विवाद रहेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्