15.1 C
Kathmandu

अर्थतन्त्रसेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ५६।७२ अंकले वृद्धि

सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ५६।७२ अंकले वृद्धि

३० मंसिर २०७७/छेडुप तामाङ
काठमाडौ
–सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ५६।७२ अंकले बढेर २ हजार ६७। १७ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो २।८२ प्रतिशतले बढी हो । अघिल्ला दुई कारोबार दिन बढेको नेप्सेले सोमबार पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएका हो । तर अघिल्ला दिनको तुलनामा सोमबारको वृद्धि उच्च हो । सो दिन कारोबारमा आएकामध्ये जलविद्युत्बाहेक सबै समूहका परिसूचक बढेपछि समग्र नेप्से उच्च अंकले वृद्धि भएको हो ।

नेप्से बढेपछि सेयर बजारको आकार ९कुल बजार पुँजीकरण० पनि २७ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । आइतबार यस्तो सूचक २६ खर्ब ९५ अर्ब रुपैयाँ थियो । नेप्सेको वर्गीकरणमा ‘क’ वर्गमा रहेका कम्पनीहरूको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १।५८ प्रतिशत र कारोबारमा रहेका सबै कम्पनीहरूको सेयर कारोबार मापक फ्लोट परिसूचक २।५५ प्रतिशतले बढे ।

करिब ५७ हजार कारोबारबाट २ सय २ कम्पनीका १ करोड २८ लाख ८८ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब २० करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढी हो । आइतबार ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार रुपैयाँ बराबरका ९० लाख ५० हजार १६ कित्ता सेयर किनबेच भए ।

सोमबार कारोबारमा आएकामध्ये जलविद्युत्बाहेक सबै समूहका लगानीकर्ताको सम्पत्ति बढेको छ । तर जलविद्युत् समूहको भने परिसूचक १।२१ प्रतिशत घटेको छ । केही जलविद्युत् कम्पनीको सेयर मूल्य उच्च अंकले घटेपछि सो समूहको परिसूचक घटेको हो । सो दिन व्यापारिक समूहको परिसूचक सबैभन्दा बढी ८।१९ प्रतिशत र जीवन बिमा समूहको ८।१९ प्रतिशत बढ्यो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्