26.1 C
Kathmandu

ब्रेकिङ समाचारमर्यादित महिनावारी सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी विश्वमै पहिलो पटक नेपालमा

मर्यादित महिनावारी सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी विश्वमै पहिलो पटक नेपालमा

२६ मंसिर २०७७
काठमाडौ–
दोस्रो अन्तर्राष्ट्रिय ‘मर्यादित महिनावारी’ दिवसको अवसरमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी बिहिबार सम्पन्न भएको छ । डिसेम्बर ८ अर्थात् मंगलबारदेखि ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ भन्ने मूल नाराका साथ गोष्ठि सुरु भएको थियो ।

डिसेम्बर ८ अर्थात् मंगलबारदेखि ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ भन्ने मूल नाराका साथ गोष्ठि सुरु भएको थियो । गोष्ठिमा ३० देशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारका प्रतिनिधि, नीति निर्माताहरू समेत गरी एक हजार जनाको सहभागिता रहेको थियो ।

गोष्ठीको पहिलो दिन मर्यादित महिनावारी सम्वन्धी हाते किताव ‘मर्यादित महिनावारी, एउटा प्रयोगात्मक हाते किताब’ को विमोचन गरिएको थियो । जुन किताब २२ देशका ४० जना लेखकहरुले लेखेका छन् भने दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जालकी प्रमुख तथा अभियन्ता राधा पौडेलले यसलाई सम्पादन गरेकी हुन् ।

यो किताव मर्यादित महिनावारी सम्बन्धीको पहिलो किताव भएको पनि अभियन्ता तथा सम्पादक पौडेलले बताइन् । गोष्ठि समापनका क्रममा १२ बुँदे प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेको छ । जसमा मासिक धर्म (महिनावारी) सम्बन्धीका कथाहरुलाई पुनःपरिभाषित गर्ने, मानव मर्यादा र मौलिक अधिकारहरूको रक्षा गर्ने, उनीहरूलाई बदनाम नगर्ने लगायतका कुराहरु छन् ।

मर्यादित महिनावारीका विषयको अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी विश्वमै पहिलो पटक नेपालमा आयोजना गरिएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्