23.1 C
Kathmandu

ब्रेकिङ समाचारसुन चोर्न बालिकाको विभत्स हत्या, १९ वर्षीया युवती पक्राउ

सुन चोर्न बालिकाको विभत्स हत्या, १९ वर्षीया युवती पक्राउ

२६ मंसिर २०७७
काठमाडौ
–रसुवामा ६ वर्षीया बालिकाको अपहरणपछि विभत्स हत्या भएको छ । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको छ ।

ग्राङ प्राविमा अध्ययनरत सुमिना आइतबार ९२१ मंसिर० देखि हराएकी थिइन् । सोही दिन विद्यालय गएकी उनी साँझसम्म घर नफर्किएपछि परिवारले बालिकालाई खोजिदिनका लागि प्रहरीमा निवेदन दिएका थिए ।

एक जना अपरिचित महिलाले बालिकालाई लगेको हल्ला फैलिएपछि बालिकाको परिवारले अस्थायी प्रहरीचौकी ग्राङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी इन्द्र सुवेदीले जानकारी दिए ।

परिवारको निवेदनका आधारमा खोजी गर्दा कालिका गाउँपालिका–१ स्थित नागुर्दुङ भीरको ओढारमा घाँसले छोपिएको अवस्थामा सुमिनाको शव मंगलबार भेटिएको सुवेदीले बताए ।

बालिकाको झोला, चप्पल र शवनजिकै झाडीमा रहेको र शवभन्दा केही तल निलो प्लास्टिकभित्र चाउचाउको प्याकेटसमेत भेटिएको थियो ।

बालिकाको अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई पक्राउ गरेको छ । सपनाले प्रहरीसमक्ष सुमिनाको हत्या गरेको स्वीकार गरिसकेकी छन् ।

‘सपनाले चाउचाउ दिएर फकाएर बालिकालाई लगेको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘अलि पर लगेर सपनाले बालिकाको कानका मुन्द्रा निकालिन् । बालिकाले परिवारलाई भनिदिने डरले त्यसपछि डोरीले घाँटी कसेर हत्या गरिछन् ।’

बालिकाले लगाएको सुनको मुन्द्रा चोरी गर्ने उद्देश्यले सपनाले अपहरण गरी एकान्त ठाउँमा लगेर घाँटीमा डोरीले कसी क्रुर तरिकाले हत्या गरी लुकाइछिपाइ राखेको पाइएको डीएसपी सुवेदीले बताए ।

हत्यापछि सुमिनाले लगाएको स्कुलको ड्रेस फुकालेर उनकै झोलाभित्र राखेर झाडीमा फालिदिएको सपनाले प्रहरीसमक्ष बताएकी छिन् । हत्यामा संलग्न सपनामाथि सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि तीनपटकसम्म सुन चोरीसम्बन्धी मुद्दामा पक्राउ परेर छुट्दै आएकी थिइन् सपना । एक वर्ष बाल सुधारगृह भक्तपुरमासमेत बसेर सपना बाहिर निस्केकी हुन् । अहिले पुनः त्यस्तै प्रकृतिका घटना दोहोरिएको छ ।

दुईपटक बालिका नै रहेको हुँदा चोरीका सामान सम्बन्धित व्यक्तिलाई फिर्ता गरी मिलापत्र गरी सपनालाई छाडिएको थियो । तेस्रोपटकको समयमा उनी १७ वर्षकी थिइन् सोही समयमा एक वर्ष बाल सुधारगृहमा बसेकी थिइन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्