२५ मंसिर २०७७
काठमाडौ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य कमानसिं लामाको निधन प्रति अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले शोक व्यक्त गरेका छन् । आज एक शोक वक्तव्य जारी गरी अध्यक्ष प्रचण्डले दिवंगत लामा प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
‘हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राजदूत कमरेड कमान सिंह लामाको कोरोना भाइरसको संक्रमणबाट शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान असामयिक निधन भएको खबरले मलाई दुखित् तुल्याएको छ ।’ शोक वक्तव्यमा भनिएको छ, ‘कमरेड लामाको जन्म २००८ साल फागुन ९ गते बुबा चन्द्र सिं लामा र आमा मिश्रीमाया लामाको कोखबाट भएको थियो । २०३३ सालमा कमरेड निर्मल लामा नेतृत्वको ने।क।पा ९चौम०बाट कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएका कमरेड लामा २०३५ सालमा मेरो नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य हुनुभयो । २०६३ सालमा पुनरस्थापित संसद सदस्य रहनुभएका उहाँ दक्षिण कोरियाका राजदूत हुनुभएको थियो ।’
नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूणर् भूमिका निर्वाह गरेका लामा हक्की, निडर र जातीय पहिचान र आत्मनिणर्यको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहँदै आएको प्रचण्डद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।
‘जुझारु बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूणर् कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महशुस गरेको छु । कमरेड लामाका दुई श्रीमतीहरु, १ छोरा र ४ छोरीहरु हुनुहुन्छ ।’ शोक वक्तव्यमा भनिएको छ, ‘दिवंगत कमरेड लामाप्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’