30.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेकै दोस्रो अग्लो डाँडा भुमेचुलीमा बन्ने भयो भ्यु–टावर, प्रदेश मन्त्रीद्वारा शिलान्यास

काभ्रेकै दोस्रो अग्लो डाँडा भुमेचुलीमा बन्ने भयो भ्यु–टावर, प्रदेश मन्त्रीद्वारा शिलान्यास

२४ मंसिर २०७७
काठमाडौ
–काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९, रजबास स्थित भुमेचुली डाँडामा भ्यूटावर शिलान्यास भएको छ । मंगलवार एक कार्यक्रमका बीच वागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले भ्यूटावरको शिलान्यास गरेका हुन् ।

काभ्रेकै दोस्रो अग्लो डाँडा ऐतिहासिक पर्यटकीय स्थल भूमेचुलीको प्रबद्र्धनार्थ बागमती प्रदेश सरकारद्वारा बिनियोजित बजेटबाट उक्त टावर निर्माण हन लागेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश मन्त्री नेपालले तोकिएको समयमा भ्यूटावर निर्माण भइसक्ने बताए । ‘यो तोकिएको समयमा सम्पन्न हुन्छ । हामी यसलाई सम्पन्न गरेरै छाड्छौं ।’ नेपालले भने, ‘यसको हेर्चाहा गर्ने जिम्मा तपाईंहरुको । त्यो ठीक ढंगले बनिरहेको छ कि छैन रु हेर्नुहोला ।’
युवाहरुलाई स्वरोजगार बन्न आग्रह गर्दै नेपालले यो वर्ष वागमती प्रदेश सरकारले २ जनालाई ऋण उपलब्ध गराउन लागेको बताए । ‘यो वर्ष हामीले ३ अर्बको कोष बनाएका छौं । ३ अर्ब मध्य डेढ अर्ब कृषिमा लगानी हुन्छ । बाँकी डेढ अर्ब उद्योग र पर्यटनमा लगानी गर्दैछौं ।’ मन्त्री नेपालले भने अनुदानको तरिका बेठीक भएको बताउँदै भने, ‘एउटा तरिका छ नि अनुदानको तरिका, काम नगर्ने अनुदान लिएर पचाउने । अब यस्तो खालको कामबाट मुक्त हुनुपर्छ । खेती, पशुपालन, जडीबुडी के गर्नुहुन्छ गर्नुहोस् । सरकारले ऋण दिन्छ । यो वर्ष २ सय जनालाई ऋणदिने योजनामा छौं ।’

कार्यक्रममा प्रतिनिधि सभा सदस्य गंगाबहादुर तामाङ ९बमध्वज०ले रोशी क्षेत्रमा विकासका कामहरु धेरै गरेको चर्चा गरे । दुई तिहाइ कम्युनिष्ट सरकारले केही पनि गरेन भनेर रोशीका जनतालाई भ्रम फैलाएको आफूले थाहापाएको बताउँदै सांसद बमध्वजले रोशीमा भएको विकास नेपाली काँग्रेसको केन्द्रिय कार्यालय सानेपाबाट नभई कम्युनिष्ट सरकारले गरेको ठोकुवा गरे । ‘केही मान्छेहरु दुई तिहाइ कम्युनिष्ट सरकारले केही गरेनन् भनेर जनतामा भ्रम छर्दै हिंडेको थाहा पाएको छु ।’ बमध्वजले भने, ‘हेक्का रोखहुन्छ, रोशीेको विकास सानेपाबाट होइन, कम्युनिष्ट सरकारले गरेको हो । सिंहदरबारबाट भएको हो जहाँ हाम्रो सरकार छ ।’

त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै वागमती प्रदेश सांसद रत्न ढकालले विगतको शासकहरुले भूमेचुलीलाई कहिल्यै नदेखेको तर आफूहरुले देखेको दावी गरे । ‘भूमेचुली पर्यटन विकासका हिसावले उपयुक्त ठाउँ हो । यसलाई विगतमा कसैले चिन्न सकेन ।’ सांसद ढकालले भने, ‘विगतका कुनैपनि शासकले भुमेचुली लेकलाई चिन्न सकेन । आज हामीले चिनेका छौं । यो त सुरुवात मात्र हो । हेर्दै जानुहोस् यहाँ सबै प्रकारको विकास हुन्छ ।’
अर्का प्रदेश सांसद चन्द्र लामाले आफू यो निर्वाचन क्षेत्रबाट निर्वाचित नभएपनि आफ्नो माया भने सधैं रहिरहेको बताए । यो क्षेत्रमा पर्यटन विकासको लागि आफूले खेल्नुपर्ने सबै प्रकारको भूमिका खेल्ने सांसद लामाले बताए ।
कार्यक्रममा नेकपाका काभ्रे जिल्ला सदस्स इन्द्र तामाङले भ्यूटावर मात्र निर्माण भएर नहुने बताउँदै यहाँको जनताको आयआर्जन बढाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, नेकपा जिल्ला सदस्य डिल्ली रेग्मी, रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल, साधुराम रानामगर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सभापतित्व वडा अध्यक्ष जनम तामाङले गरेका थिए भने स्वागत वडा सदस्य मेघबहादुर लामाले गरेका थिए ।

भ्यूटावर २ करोड ६१ लाख २३ हजार ४ सय ६५ रुपैयाँमा बन्न लागेको वडा अध्यक्ष तामाङले जानकारी दिए । वडा अध्यक्ष तामाङका अनुसार २०७८ साल जेष्ठ १५ गते भित्र निर्माण सम्पन्न हुने छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्