26.1 C
Kathmandu

ब्रेकिङ समाचारमहिलामाथि दुर्व्यवहार गरेको आरोपमा झाँक्री थुनामा

महिलामाथि दुर्व्यवहार गरेको आरोपमा झाँक्री थुनामा

२२ मंसिर २०७७
काठमाडौ
–महिलामाथि दुर्व्यवहार गर्ने झाँक्रीलाई जिल्ला अदालत, बर्दियाले पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको ईजलासले बढैयाताल गाउँपालिका—१ का धामी बताउने अक्षयकुमार चौधरीलाई पुर्पक्षका थुनामा राख्न आदेश दिएको हो ।

बोक्सी पहिचान गर्न भन्दै धामीकहाँ पुर्‍याउन प्रोत्साहन गरेको र स्थानीय महिलामाथि बोक्सीको आरोप लगाउने दुई जनालाई जनही १ लाख ९ हजार ५ सय धरौटी लिई तारेखमा छाडिएको छ । जिल्ला न्यायाधीश बरालका अनुसार धरौटीमा छुटेकामा बढैयाताल गापा—१ का राजकुमार चौधरी र लिला शाही हुन् ।

बढैयाताल गाउँपालिकाकी शाहीले स्थानीय एक २४ वर्षीया महिलालाई झाँक्री बताउने अक्षयकुमार चौधरीले बकाउन लगाई दुर्व्यहार गरेको अभियोग रहेको छ । धामीले मोबाइलमा पीडित महिलालाई बोक्सी आरोप लगाएको रेकर्ड पठाएका थिए । चौधरीलाई बोक्सी आरोप (कसुर र सजाय) ऐन ०७२ अन्तर्गत कसुर ठहरिए ३ देखि ७ वर्षसम्म जेल सजाय र ७५ हजार जरिमाना तिर्नु पर्ने उल्लेख छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्