१९ मंसिर २०७७
काठमाडौ–गाँजासम्बन्धी विविध कोणबाट बहस भइरहेको समयमा नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई कडा प्रकृतिको लागु औषधीको सूचिबाट हटाउने पक्षमा मतदान गरेको छ ।
राष्ट्रसंघको लागु औषधसम्बन्धी एक सेसनमा नेपालसहित तीन दर्जन मुलुकले सो पक्षमा मतदान गरेका हुन् ।
नेपालमा पछिल्लो समयमा गाँजाको व्यापार र यसलाई औषधीजन्य व्यापारका लागि अनुमति दिनुपर्ने माग उठिरहेको छ । यस सम्बन्धमा केही सांसदले संसदमा नै बहस चलाइरहेका छन् ।
नेपालमा गाँजा सेवन वा यसको कारोबार भने प्रतिबन्धित छ ।