28.1 C
Kathmandu

ब्रेकिङ समाचारपबित्र धार्मिक तिर्थस्थल नमोबुद्धमा यो बर्षको पुर्णिमा मेला स्थगित

पबित्र धार्मिक तिर्थस्थल नमोबुद्धमा यो बर्षको पुर्णिमा मेला स्थगित

०९ मङ्सिर २०७७/छेडुप तामाङ
काठमाडौ
-काभ्रेको नमोबुद्ध नगरपालिका अन्तर्गत पर्ने ऐतिहासिक धार्मिक तिर्थस्थल नमोबुद्धमा यो बर्षको पुर्णिमा मेला स्थगित गरिएको छ ।

नमोबुद्ध नगरपालिकाका प्रमुख टंकप्रसाद शर्माले आज एक सुचना प्रकाशित गर्दै मेला स्थगित गरिएको जानकारी दिएको हो ।

यहि मङ्सिर १५ गते लाग्नु पर्ने मेला कोरोना भाईरसका कारण स्थगित गरिएको सुचनामा उल्लेख गरिएको छ । प्रत्यक बर्ष कार्तिक शुक्ल पुर्णिमाका दिन लाग्ने बृहत् मेला यो बर्ष भने स्थगित गर्ने र्निर्णय भएको नगर प्रमुख शर्माले जनाएको छ ।

मेलामा नगरपालिका तथा छिमेकी पालिकाहरुबाट समेत भक्तजनहरुको भिड हुने गरेको र यसले कोरोना भाईरस संक्रमण को जोखिम बढाउन सक्ने भएकोले यो बर्षका लागि भने मेलाका सबै कार्यक्रम स्थगित गरिएको सुचनामा उल्लेख गरिएको छ ।

उक्त सुचनामा मेला स्थगित गरेकोमा श्रद्धालु भक्तजन एंव तिर्थयात्रीमा पर्न गएको असुविधा प्रती समेत नगरपालिकाले क्षेमा याचना गरिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्