16.8 C
Kathmandu

ब्रेकिङ समाचारकलेजको शुल्क विवादपछि विद्यार्थी प्रहरी थुनामा

कलेजको शुल्क विवादपछि विद्यार्थी प्रहरी थुनामा

०८ मंसिर २०७७
काठमाडौ
–काठमाडौंको बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजका तीन विद्यार्थी परिक्षाको मुखैमा प्रहरीको थुनामा छन् । मंगलबार परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थीहरू आइतबारसाँझसम्म छुटेका छैनन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले तीनै जना विद्यार्थीहरुलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेको जानकारी दिए । राठौरका अनुसार उनीहरूमाथि म्याद थपेर अनुसन्धान गर्ने तयारी भइरहेको छ भने कलेजले थप १८ विद्यार्थीविरुद्ध प्रहरीमा उजुरी दिएको अभिभावकहरूले जानकारी दिएका छन् ।

गत साता परिक्षका लागि प्रवेश पत्र लिन विद्यालय पुगेका विद्यार्थीलाई शुल्क नतिरेको भन्दै प्रवेश पत्र दिन मानेन । त्यसपछि अभिभावक र कलेज व्यवस्थापनबीच छलफल भयो तर सहमति जुटेन । तत्काल शुल्क चुक्ता नगरी कुनै पनि हालतमा प्रवेश पत्र नदिने अडान कलेजले छोडेनन।

विवाद बढ्दै जाँदा केही विद्यार्थीले विद्यालय भवनमा ढुंगा हानेको मोर्गन कलेजको आरोप छ भने कलेजले उजुरी दिएको नभइ विवाद बढ्दै जाँदा आफैं थाहा पाएर प्रहरी त्यहाँ आएको एक शिक्षकको भनाइ छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्