०८ मंसि २०७७
काठमाडौ–राष्ट्रिय जनमोर्चाले विद्यालय सञ्चालन र पढाइसमेत नभएका अवस्थामा केही निजी विद्यालयमा विद्यार्थीबाट शुल्क असूल गरिने अभिभावकमाथिको लुट भएको जनाएको छ ।
सो पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी पढाइ नभएको पैसा असूल गर्ने विद्यालयलाई कारवाही गर्न माग गरिन् ।
पार्टीले सरकारले कोभिड सङ्क्रमणको परिस्थिति हेरेर विद्यालय सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने जिम्मा स्थानीय तहलाई दिएकामा भने समर्थन गरेको छ ।