०४ मंसिर २०७७
काठमाडौ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयमा पेश गरेको प्रस्ताव फिर्ता हुनुपर्ने भनेर उपाध्यक्ष वामदेव गौतमले सचिवालय बैठकमा भनाइ राखेको भनेर आएका खवर गलत भएको गौतमको सचिवालयले स्पष्ट पारेको छ । केही न्युज पोर्टलहरुमा यस्ता समाचार आएकोमा सो खबर झुठो भएको गौतमको सचिवालयले जनाएको हो ।
‘समाचारहरुमा चर्काचर्की भयो, घम्साघम्सी भयो भन्दै वामदेव गौतमले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने कुरा गरेकोसम्मका कपोलकल्पित कुरा आए। वास्तवमा बैठकमा त्यस किसिमका कुनै कुरा उठेका छैनन्,’ गौतमको सचिवालयले जारी प्रेस नोटमा भनिएको छ ।