20.1 C
Kathmandu

ब्रेकिङ समाचारतनहुँको मानुङकोटमा सूर्योदयको अवलोकनका लागि जाँदै गरेको माइक्रो बस दुर्घटना, १ को...

तनहुँको मानुङकोटमा सूर्योदयको अवलोकनका लागि जाँदै गरेको माइक्रो बस दुर्घटना, १ को मृत्यु, ८ घाइते


०३ मंसिर २०७७/छेडुप तामाङ
काठमाडौ
–तनहुँको मानुङडाँडामा सूर्योदयको अवलोकनका लागि जाँदै गरेको माइक्रो बस बुधबार विहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

सूर्योदयको अवलोकन लागि भनेर यात्रु बोकेर दमौलीबाट जाँदै गरेको ग १ ख २९४२ नम्बरको माइक्रो बस दुर्घटना हुँदा पोखरा महानगरपालिका गगनगौंडाकी २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा दमौलीको रत्नहरी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए । घाइतेहरु सबैको दमौलीमा उपचार भैरहेको छ ।

हायस मानुङ पुग्नै लाग्दा ब्रेकरका कारण उक्लन नसकेपछि ब्याक भएर करिब तीन सय मिटर तल खसेको थियो ।

पछिल्लो समय निकै चर्चामा आएको तनहुँको मानुङडाँडा अर्थात मानुङकोट रमणीय दृष्य अवलोकनका लागि आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्