29.1 C
Kathmandu

ब्रेकिङ समाचाररहेनन् वडासदस्य ईन्द्र बहादुर लामा

रहेनन् वडासदस्य ईन्द्र बहादुर लामा


०१ कार्तिक २०७७/छेडुप तामाङ
काठमाडौ
-काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा न.८ का वडा सदस्य ईन्द्रबहादुर लामाको आईतवार निधन भएको छ ।


विगत ३ वर्ष देखी क्यान्सरपिडित वडासदस्य लामाको उपचारको क्रममा उपत्यकास्थित टिचिङ अस्पतालमा आइतवार बिहान निधन भएक हो ।

लामाको निधनसङ्गै नमोबुद्ध नगरपालिकाले एक असल जनप्रतिनिधी गुमाएको कुरा नगर प्रमुख टंक प्रसाद शर्मा बाट जारी शोक वक्तव्यमा जनाएको छ ।

लामाको पार्थिव शरीर आईतवार नै स्वयम्भुमा लागि बागमती प्रदेश सांसद चन्द्र लामा, नेकपा काभ्रे जिल्ला कमिटी सदस्य राजन भुर्तेल,जिल्ला कमिटी सदस्य रत्न लामा, नगर उपप्रमुख रामदेवी तामाङ, नमोबुद्ध ८ का वडाध्यक्ष शेर बहादुर तामाङ, नमोबुद्ध ५ का वडाध्यक्ष बुद्ध सिं तामाङ, नेकपाका नेता नवराज भुर्तेल लगायतका नेताहरुको उपस्तिथितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को झण्डा ओढाई सम्मानका साथ बौद्ध धर्म संस्कार अनुसार अन्त्यस्टी गरियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्