25.1 C
Kathmandu

ब्रेकिङ समाचारसागर मोक्तानको ‘एदा घोर्गी ताम’ म्युजिक भिडियो सहित सार्बजनिक(भिडियो सहित हेर्नुहोस)

सागर मोक्तानको ‘एदा घोर्गी ताम’ म्युजिक भिडियो सहित सार्बजनिक(भिडियो सहित हेर्नुहोस)

३० कार्तिक २०७७/ छेडुप तामाङ
काठमाडौ-नेपालीहरुको महान चाड वडा दशै सके लगत्तै पोखराको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको सागर मोक्तानको ‘एदा घोर्गी ताम’ भिडियो सहित आइतबार सार्वजनिक गरिएको छ ।

व्यवसायमा मात्र सधैं ध्यान केन्द्रित भएको मोडल सागर मोक्तानलाई तामाङ समुदायको खलनायक तथा हांस्यकलाकार कुईसाङ रुम्बाले सधैं टेलिफोनमा व्यवसायीक सम्वाद मात्र गरेको भन्दै मनका रानी रोज्न र निजलाई मनको कुरा ढिला नगरी व्यक्त गर्न अनुरोध गरेको दृश्य सङ्गै शुरु भएको उक्त गितको भिडियोमा कास्की जिल्लाको पोखरा आसपासका बिभिन्न रमणिय दृश्य सङ्गै तनहुँ जिल्लाको अत्यन्तै चर्चामा रहेको ठाउँ रक गार्डेन लगयत सेतिको किनारमा मोडल सागर मोक्तान र याङ्गी दोङ तामाङको माया प्रेमका गतिबिधिहरुलाई सहजै प्रस्तुत गर्न खोजिएको छ ।

पछिल्ला समय तामाङ गितसङ्गितको बजारमा माया पिरतिका गितहरु सार्बजनिक हुने क्रम दिनानुदिन बढिरहेको छ । यसै क्रममा आईतवार काठमाडौको जोरपाटी स्थित एक होटलमा बिशेष कार्यक्रमका साथ सार्बजनिक गरिएको `एदा घोर्गी ताम´ नामक तामङ लभ सङमा शब्द सङ्गीत विशाल काल्तानको रहेको छ भने स्वर जितु लोप्चान र रमित लामाको रहेको छ ।

तामाङ चलचित्र जगतका नायक एवम निर्देशक अमिर दोङको निर्देशन, युद्ध लामा ब्लोनको कोरियोग्राफिमा बनेको उक्त गितको भिडियोमा भने याङ्गी दोङ तामाङको साथमा सागर मोक्तानको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्