19.1 C
Kathmandu

ब्रेकिङ समाचारएकै दिन दुईजना क्यान्सर पिडितलाई सहयोग गरे फुर्के परिवारले

एकै दिन दुईजना क्यान्सर पिडितलाई सहयोग गरे फुर्के परिवारले


३० कार्तिक २०७७/छेडुप तामाङ
काठमाडौ
– असाय,गरिव दिनदुखी र पिडामा परेकाहरुको मलम बन्दै आएका छ्न फुर्के परिवार ।

यसै क्रममा शनिवार लक्ष्मी पुजाको दिन फुर्के परिवारले एकै दिनमा दुई जना क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेका छ्न ।

फुर्के परिवारले सिभिल हस्पिटलमा उपचाररत ताप्लेजुङबासी रिदम बस्नेत र भक्तपुर क्यान्सर हस्पिटलमा उपचारका क्रममा रहेकी फुलमाया घिसिङ को उपचारार्थ सहयोगका लागि रु.३५/३५ हजार नगद हस्तान्तरण गरेका थिए ।

नेपालबाट फुर्के परिवारको प्रतिनिधित्व गर्दै आएका साजन मोक्तान उक्त सहयोग रकम हस्तान्तरणका लागि स्वयं हस्पिटल पुगेका थिए भने मोक्तानले क्यान्सर पिडित दुबै जनालाई प्रत्यक्ष भेटी स्वास्थ्य अवस्थाको बारेमा समेत बुझेका थिए । क्यान्सर पिडितलाई सहयोग रकम हस्तान्तरणका लागि मोक्तानको साथमा गितकार साङ्गे ब्लोन तामाङ पनि हस्पिटल पुगेर बिरामिको अवस्थाको बारेमा बुझेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्