17.1 C
Kathmandu

ब्रेकिङ समाचारमाया प्रेममा रहेका युगल जोडिले एक पटक हेर्नै पर्ने भिडियो:अनिल लामाको ‘देन्वा...

माया प्रेममा रहेका युगल जोडिले एक पटक हेर्नै पर्ने भिडियो:अनिल लामाको ‘देन्वा एला थे माया’

२९ कार्तिक २०७७/छेडुप तामाङ
काठमाठौ-तामाङ गित सङ्गीतको बजारमा फरफरक धारका गितहरु सार्वजनिक हुने क्रम जारी रहेको छ । यसै क्रममा अनिल लामाको “देन्वा एला थे माया” म्युजिक भिडियो सहित बजारमा सार्वजनिक भएको छ ।

शुक्रवार Jigme Media मार्फत सार्बजिक गरिएको उक्त गितमा साङ्गे लामा ब्लोनको शब्द रचना रहेको छ भने सङ्गीत अनिल लामाको रहेको छ ।

सङ्गीतकार अनिल लामाले यस अघि “शैलुङ्गे मेलैमा” बोलको गित अडियो भर्सन सार्बजनिक गरेका थिए । “शैलुङ्गे मेलैमा” बोलको गितको अडियो भर्सन दर्शक श्रोताले अत्यन्तै रुचाएपश्चात पुनः तामाङ लभ सङ “देन्वा एला थे माया” म्युजिक भिडियो सहित सार्बजनिक गरिएको हो ।

गायक हावा लामा दोङ र दिपा लामाको आवाज रहेको “देन्वा एला थे माया” बोलको गितमा तामाङ समुदायको नायिका एवम मोडल शुस्मा मोक्तान, याङ्गी दोङको साथमा टिकटक स्टारको रुपमा परिचित अरुण लोप्चान र प्रणिक लामाको अभिनय रहेको छ ।

मकवानपुरको कुलेखानी आसपासमा छायांकन गरिएको उक्त गितको भिडियोमा मायापिरतिमा रहेका युगल जोडिको भावनालाई अत्यन्तै सरल तरिकाले ब्यक्त गरेको देखिन्छ । प्रेमी प्रेमिका बिचको एक अर्काको मायालाई खोला नाला देखि झर्ना सङ्ग तुलना गरिएको छ भने ती सबै मनोकाङ्क्षा पूरा हुनका लागि ईश्वर सामु प्रार्थना गरिएको गितको भावले व्यक्त गरेको छ ।

फुर्के फ्यामिलिको पोस्ट प्रोडक्सनमा बनेको उक्त गितको म्युजिक भिडियोको निर्देशक सोनाम पाख्रीन रहेको छ, क्यामेरामा रामेश्वर जिरेल रहेको छ भने ड्रोन अपरेटर सुरेश घिसिङ रहेको छ ।

सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको “देन्वा एला थे माया” को एरेन्ज पवन वाङ लामाको रहेको छ भने मिक्सिङ मास्टर दिपेश प्रधान रहेको छ ।

शब्द,सङ्गीत देखि गायन सबै पक्ष राम्रै रहेको “देन्वा एला थे माया” मा सुस्मा मोक्तान सङ्ग अरुण लोप्चान र याङ्गी दोङ सङ्ग प्रणिकको माया पिरतिलाई पनि मेरा अघिल्ला प्रस्तुतिलाई झैं भगवानरुपी दर्शक श्रोताले माया गरेर हेर्नुहुनेछ र उचित सल्लाह सुझाव दिने कुरामा बिस्वस्त रहेको कुरा समेत सङ्गितकार अनिल लामाले नमोबुद्ध न्युजलाई बताएका छ्न भने सामाजिक सन्जाल फेसबुकमा यस्तो लेखेका छन :

गित सङगित्को दौडान्मा लागि परि रहंदा यहांहरुलेनै दिनुभएको अपार माया र साथलाइ मेरो जिबनको अ्मुल्य आसिर्बादको रुपमा लिइ फेरि पनि बिल्कुलै नयां सांगितिक कोसेलि तामाङ 🙏🌹LOVE SONG देन्बा एला थे माया 🙏🌹 को भिडियो आजबाट यहांहरुको माजमा लिएर आएको छु तसर्थ काम गर्दै जांदा केहि कमि कम्जोरि हरु हमिबाट पनि भएको हुनसकिन्छ र केहि कमि कम्जोरिलाइ यहांहरुले माफ गरिदिनुहुनेछ र भाबि दिनहरुमा सुधार्ने मौका दिनुहुनेछ भन्दै हाम्रो साङ्गितिक कोसेलि 🙏🌹जिक्मे मिडिया YOUTUBE CHANNEL 🙏🌹मार्फत बजारमा सार्बजानिक गरिएको छौं, मलाइ असा अनि बिस्वास रहेको छ यहांहरुको अपार माया र साथ हामिले पाउंने छौं र तपाईंलाइ के कस्तो लाग्छ कमेन्ट मार्फत सल्ला सुजाब दिनुहुन पनि म ब्यक्तिगत अनुरोद गर्न चाहान्छु ।
सङ्गित: अनिल लामा
सब्द :साङ्गे ल्बोन तामाङ
स्वोर: दिपा लामा , हावा लामा
निर्देसक: सोनाम पाखृन
At last I hope everyone will like our new
Tamang love song video and support us with all your love.. 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🙏🙏🙏

               🙏🙏🙏THANKYOU🙏🙏🙏🙏

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्