18.1 C
Kathmandu

ब्रेकिङ समाचारमध्यपुर थिमि नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालय फिर्ता पठाइयो

मध्यपुर थिमि नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालय फिर्ता पठाइयो

२४ कार्तिक २०७७
काठमाडौ–भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई कामकारबाहीमा असहयोग गरेको र उपभोक्ता समितिलाई भुक्तानी रोकेको भन्दै नगरपालिकाले अधिकृत उद्धवप्रसाद रिजाललाई मन्त्रालय फिर्ता पठाउने निर्णय आइतबार गरेको हो।

कार्यपालिका बैठकमा बहुमत सदस्य १९ मध्ये ११ जना उपस्थित भएर अधिकृत रिजाललाई मन्त्रालय फिर्ता पठाउने र अर्को अधिकृत छिटै पठाउन मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएको छ। मेयर मदनसुन्दर श्रेष्ठले कामकारबाहीमा असहयोग गरेकोले अधिकृतलाई फिर्ता पठाउनु परेको बताए।

‘प्रशासकीय अधिकृत मेयरलाई सहयोग गर्न आउने हो। मेयरविरूद्ध लाग्ने, अप्ठ्यारो पार्ने गतिविधि गरेपछि फिर्ता पठाउने निर्णय गर्नुपर्‍यो,’ उनले भने, ‘मन्त्रीसँग सचिव झगडा गरेर सचिव बस्यो भने काम सम्भव हुदैन । त्यस्तै यहाँ पनि काम भएन, फिर्ता पठाइयो।’

अधिकृत रिजालमाथि मुख्य गरी नगरपालिकाले तीन आरोप लगाएको छ।

नगरसभाबाट बजेट बिनियोजन भई नियमित रूपमा उपभोक्ता समितिबाट भइरहेका योजनाका कामलाई दसैं अगाडि नै रकम निकासा दिनुपर्ने भए पनि रोक्का गरेको, नगरभित्रको आन्तरिक राजनीतिमा अधिकृतले चलखेल गरेको र नगरका दस्तावेजलाई बदनियतपूर्वक बाहिर पठाएको र वडाध्यक्षहरू सँग मिलेर मेयरविरूद्ध गतिविधि गरेको भन्ने आरोप छन्।

‘काम गरिसकेका योजनामा पेश्की दिन मिल्दैन। भुक्तानी दिन उपभोक्ता भनेर चिनिनु पर्छ। उपभोक्ता हुन सम्झौता हुनुपर्‍यो,’ उनले भने, ‘जसले पनि उपभोक्ता भनिदिन सक्ने भयो। प्रक्रियागत ढंगले उपभोक्ता को को हुन् भन्ने नै छैन। प्रशासनिक र कानुनी हिसाबले उहाँहरू कुनै पनि उपभोक्ता होइन किनकी मैले सम्झौता नै गरेको छैन।’ व्यक्तिले घरमा काम गरेजस्तो गरी योजनाको काम गर्दा भुक्तानी दिन अधिकृत रिजालले बताए।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्