30.1 C
Kathmandu

ब्रेकिङ समाचारएकताको सन्देश दिदैं नमोबुद्ध -५ कानपुरका नेकपा, धमाधम पार्टी टोल कमिटी गठन...

एकताको सन्देश दिदैं नमोबुद्ध -५ कानपुरका नेकपा, धमाधम पार्टी टोल कमिटी गठन गर्दै


२२ कार्तिक २०७७/छेडुप तामाङ
काठमाडौ-काभ्रेको नमोबुद्ध नगरपालिका वडा न.५ मा नेकपाले धमाधम पार्टी टोल कमिटी गठन गर्न शुरु गरिएको छ । नगरपालिका वडा न.५ अन्तर्गत साबिकका विभिन्न वडाहरुमा नेकपाले टोल कमिटी गठन गर्न थालिएको हो ।

शनिवार मिन्डु लामाको अध्यक्षतामा सकृय कार्यकर्ताहरुका बिच अन्तरकृया कार्याक्रमका साथ टोल भेला गरि साबिकको वडा न.४ मा उद्धव प्रसाद पौडेलको अध्यक्षतामा १९ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।

छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिदैं वडाध्यक्ष बुद्ध सिंह तामाङ्ले भने `हामी जनताको जनजिविका,बिकास निर्माण लगायतका कुनै पनि मुद्दा हरुमा चुकेका छैनौ, चुक्ने पनि छैन, तपाईंहरु निर्विवाद रुपमा बिकासका योजनाहरु लिएर आउनुहोस तपाईंहरुको अनि जनताको कुनै पनि काम रोकिने छैन ।´

यसै गरि पार्टीका नेता बुद्ध सिङ लामा, डुप्साङ लाम, सिंग बहादुर लामा लगायतका नेताहरुले जनताको जायज माग तथा हरेक समस्या सम्बोधन गर्ने सन्दर्भमा कानपुरका नेकपा सधैं तयार रहेको कुरा ब्यक्त गरेका थिए ।

नमोबुद्ध नगरपालिका वडा न.५ स्थित साबिकको वडा न.४ मा पार्टी टोल कमिटि अध्यक्षमा उद्धव प्रसाद पौडेल, उपाध्यक्षमा-कुन्साङ तामाङ र प्रताप सिं मोक्तान, सचिवमा-कमल ब.तामाङ, सह सचिव-सुर्यलाल श्रेस्ठ, कोषाध्यक्ष-अन्जु पौडेल, सदस्यहरुमा क्रमशः वाङ्गेल तामाङ, रमेशराज मैनाली, लिला उप्रेती, देवी कुमारी हुमागाईं, चुन कुमारी बास्कोटा, शिवहरी पौडेल, चतुरमान तामाङ, पवन तामाङ, प्रेमहरी पौडेल, रामहरी भुजेल, बबिता मैनाली, सुन्जित तामाङ, आईत सिं मोक्तान र सल्लाहकारमा विष्णु बहाडुर तामाङ रहेका छ्न ।

पार्टी टोल कमिटिका अध्यक्ष उद्धव प्रसाद पौडेलले भने “अबका दिनहरुमा कानपुरमा नेकपाका सांगठनिक गतिविधी तिब्र बनाउने कुरामा सधै लागिपर्ने र आजको यस कार्यक्रममा पार्टी नेतृत्वहरुले गरेका प्रतिबद्धता सङ्गै नेपाली काङ्ग्रेसको मन जल्नेछन।”

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्