२१ कार्तिक २०७७/छेडुप तामाङ
पोखरा-सागर मोक्तानको
घोर्गी ताम´ बोलको माया पिरतिको गित कास्किको पोखरा देखि तनहुँको रक गार्डेनमा पुगेर छायांकन सम्पन्न भएको छ ।

सेती नदिको खोंच र प्याराग्लाईडिङ को दृश्य कैद गर्नको धेरै जोखिम मोलेर छायांकन सकाएको निर्देशक अमिर दोङले बताएको छ ।
मोडल सागर मोक्तानका अनुसार छायांकनको शुरुको दिन देखि नै धेरै डरलाग्दो ठाउँहरुमा जोखिम मोल्दै काम गरेको हुंदा दुख गरे अनुसार नै `घोर्गी ताम´ एउट मीठो कोसेलिको रुपमा तिहार अघि नै Damphu Media House मार्फत दर्शक श्रोताको माझ सार्बजनिक हुने कुरा व्यक्त गरेका छन ।


सोमवार काठमाडौ बाट नायक तथा निर्देशक अमिर दोङ सहितको शुटिङ युनिट पोखरामा पुगि मंगलबार बिहान देखि छायांकन कार्य थालिएकोमा आज शुक्रबार छायांकन सकिएको हो। गायक तथा सङ्गितकार विशाल काल्तानको शब्द सङ्गितमा रहेको उक्त गितमा सेलो गायिका जितु लोप्चान र रमित लामाको स्वर रहेको छ ।


अमिर दोङको निर्देशन तथा युद्ध लामा ब्लोनको कोरियोग्राफिमा मोडल याङ्गी दोङ तामाङको साथमा सागर मोक्तानको अभिनयमा छायांकन सम्पन्न भएको `घोर्गी ताम´ अर्थात एउटा कुरा बोलको गित माया पिरतिमा आधारित रहेको छ ।


पोखराको फेवाताल, साराङ्कोट,तनहुँको कोत्रे/रक गार्डेन को नामले परिचित ठाउँ सेतिको किनार,बेगनास ताल लगायत अन्य चर्चामा रहेका पोखराका बिभिन्न ठाउँहरुमा छायांकन सम्पन्न भएपश्चात् शुटिङ युनिट शुक्रवार नै काठमाडौ फर्कने तयारीमा रहेका छन ।

