30.1 C
Kathmandu

ब्रेकिङ समाचारप्रहरीको खोजीको सूचीमा रहेका समिर घिसिङ (भिटेन)ले मागे माफी

प्रहरीको खोजीको सूचीमा रहेका समिर घिसिङ (भिटेन)ले मागे माफी

१६ कार्तिक २०७७
काठमाडौ
–छाडा शब्द प्रयोग गरेर ‘पारा’ भन्ने गीत सार्वजनिक गरेपछि प्रहरीको खोजीको सूचीमा रहेका गायक समिर घिसिङ ‘भिटेन’ले माफी मागेका छन् । गीतमा प्रयोग भएका शब्दहरुको विषयलाई लिएर विवाद भएपछि गायक समिर घिसिङ ‘भिटेन’ लाई प्रहरीले खोजीको सूचीमा राखेका थिए ।

प्रहरीले खोजी गर्न थालेपश्चात भिटेनले सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै माफी मागेका हुन् ।

गीतमा प्रहरी गाली गरिएको भन्दै प्रहरीले उनलाई खोज्न थालेपछि उक्त गीतको भिडियो युट्युबबाट समेत हटाइएको छ ।

भिटेनले भनेका छन ‘गीतमा आपत्तिजनक शब्द हटाएर संशोधित गीत छिट्टै आधिकारीक च्यानलबाट सार्वजनिक गर्नेछु ,‘सम्बन्धित निकाय र महानुभावलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दबाट पर्न गएको असुविधा र चोट प्रति क्षमायाचना गर्दछौँ ।’

विज्ञप्तिमा उक्त म्युजिक भिडियोलाई अनाधीकृत रुपमा कुनै पनि माध्यमबाट अपलोड नगर्न समेत अनुरोध गरेका छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्