30.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धको कोट्तिमालमा माननीय रत्न ढकालद्वारा शक्ति पिठ रक्तकालीको उदघाटन

नमोबुद्धको कोट्तिमालमा माननीय रत्न ढकालद्वारा शक्ति पिठ रक्तकालीको उदघाटन


९ कार्तिक २०७७/छेडुप तामाङ
कभ्रे-नमोबुद्ध नगरपालिकाको ऎतिहासिक स्थल कोट्तिमालमा आज नवमिको दिन रक्तकाली मन्दिरको उदघाटन तथा पुजा कार्यक्रम सम्पन्न भएको छ ।

नमोबुद्ध नगरपालिका वडा न.५ स्थित रहेको रक्तकाली मन्दिर २०७२ सालको महाभुकम्पको कारण जिर्ण अवस्थमा रहेका थिए । स्थानिय सरकार र प्रदेश सरकारबाट बजेट बिनियोज गरि मन्दिर पुनःनिर्माणको काम सम्पन्न भए पश्चात् आज उदघाटन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद रत्न ढकालले पर्यटकिय हिसाबले प्रचुर मात्रामा सम्भावना रहेको शक्तिको पिठ रक्तकाली मन्दिरको पबित्र प्राङ्गणबाट गौरिशंकर, गणेश, लाङ्टाङ जस्ता धेरै हिमशृंखलाहरु देख्न सकिने हुँदा यस्लाई प्रबर्द्धन र सम्बर्द्धन गर्नका लागि अन्य बांकी कामहरु के के छन सबै काम स्थानिय सरकारले सम्पन्न गर्न नसकिएमा प्रदेश सरकारबाट पूरा गरिदिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो ।

नगरप्रमुख टि.पी शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै भने “नमोबुद्ध नगरपालिका भित्र रहेका धार्मिक आस्थका केन्द्रहरु जत्ती पनि छन ती सबैको उचित ब्यबस्थापन गर्ने नगरको योजना रहेको हुंदा शक्ति पिठ रक्तकाली मन्दिरको पनि ब्यबस्थपन गर्दै आएको र अझै पनि ब्यबस्थापन गर्ने र पर्यटकिय गन्तब्यको रुपमा स्थापना गर्नेछु ।” मन्दिर पुनःनिर्माण गर्ने काममा खटिएका सम्पुर्ण टिमलाई धन्यवाद ज्ञापन गर्दै आम नगरवासिलाई रक्तकालिले रक्षा गरून् भनी शुभकामना समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका जिल्ला नेता इन्द्र तामाङले केही अतिवादी तामाङहरुले तामाङहरुमाथी दमन गर्नका निमित्त हृन्जेन दोर्जेको दरवार छेउछाउ रक्तकालिको मन्दिर स्थापना गरेको भन्दै सङ्किर्ण सोचका साथ भ्रम फैलाउदै आएकोमा दुख ब्यक्त गर्दै रक्तकाली मन्दिरको केहि इतिहासहरु समेत प्रष्ट पार्नु भएको थियो ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्