28.1 C
Kathmandu

ब्रेकिङ समाचारप्रहरी हत्या प्रकरणमा संलग्न थप १ जना प्रकाउ

प्रहरी हत्या प्रकरणमा संलग्न थप १ जना प्रकाउ

५ कार्तिक २०७७
काठमाडौ
–गत शनिवार धनगढीमा नेपाल प्रहरीका एक जना असई र प्रहरी जवान हत्या प्रकरणमा थप १ जना पक्राउ परेका छन् । हत्यामा संलग्न भएको भन्दै वर्ष २० का रोहित रानालाई आज प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका–१० स्थित अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

हत्यामा संलग्नमा धनगढी उपमहानगरपालिका १० बस्ने ३१ वर्षीय रोहित राना, सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय दलराम राना र वडा नम्बर ११ का २५ वर्षीय रामगोपाल राना रहेको कैलाली प्रहरी प्रमुख एसपी दिलिपसिंह देउवाले बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्