23.1 C
Kathmandu

Uncategorizedके हो सेफ्टी पिन अपरेशन, भाडा धेरै लिने पनि सेफ्टी पिन अपरेशनमा...

के हो सेफ्टी पिन अपरेशन, भाडा धेरै लिने पनि सेफ्टी पिन अपरेशनमा पर्ने

२७ असोज २०७७
काठमाडौ
– दशैं तिहार नजिकिदै गर्दा बजारमा मानिसहरुको भिडभाड संगै सवारी आवतजावत समेत बढ्न थालेको छ । सवारी आवागमन हुने मुख्य केन्द्रमा ठेलमठेल भिडभाड हुन्छ । त्यस्ता ठाउँमा हुनसक्ने यौनजन्य हिंसा, पाकेटमार र लुटपाट नियन्त्रण गर्न महानगरीय प्रहरी कार्यालयले सादा पोशाकमा प्रहरी परिचालन गरेको छ ।

चाडपर्वको बेलामा भिडभाड हुने ठाउँमा महिलामाथि हुनसक्ने हिंसा रोक्न शुरु गरिएको सो अपरेशनको नाम हो–‘सेफ्टी पिन अपरेशन ।’ सार्वजनिक गाडीमा हुने हिंसा रोक्न २०७३ साल देखि महानगरीय प्रहरी कार्यालय रानिपोखरीले शुरु गरेको सो अपरेशन लकडाउनको समयमा रोकिएको थियो । भिडभाड कम भएकाले लकडाउनपछि रोकिएको अपरेशन पुनः शुरु गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलकुमार यादवले जानकारी दिएको हो ।

काठमाडौँ उपत्यकामा सेफ्टी पिन अन्तर्गत बढी भिड हुने सार्वजनिक ठाउँमा १५ वटा टिम खटिन्छन् । महिला हिंसाका घटना नियन्त्रण मुख्य लक्ष्य भएपनि चाडपर्वमा हुनसक्ने पाकेटमारी, लागु औषध कारोबार र भाडा धेरै लिने सवारीसाधनलाई पनि सेफ्टी पिन अपरेशनमा खटिने प्रहरीले पक्रेर कानुनी दायरामा ल्याउँछन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्